काठमाडौँ , असोज ४ । इरान युद्धका क्रममा मृत्यु भएका अमेरिकी सैनिकको विवरण ट्रम्प सरकारले लुकाएको वासिङ्टन पोस्टमा प्रकाशित समाचारमा उल्लेख छ ।वासिङ्टन पोस्टले नाम नछाप्ने शर्तमा पाँच जना अधिकारीलाई उद्धृत गर्दै युद्धमा कम्तीमा २२ जना सैनिकको मृत्यु भएको जनाएको छ । अमेरिकी रक्षा विभागले अहिलेसम्म १८ जना सैनिकको मृत्युमात्रै स्विकार गरेको छ ।
रिपोर्टमा अर्का एक अज्ञात अधिकारीको भनाइ पनि उद्धृत गरिएको छ । ती अधिकारका अनुसार विवरणमा नराखिएका मृतक सैनिक मध्यपूर्वमा खटिएको भएपनि प्रत्यक्ष रुपमा युद्धमा संलग्न छैनन् ।अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै उक्त समाचारलाई पूर्ण रूपमा झूट भनेका छन् । समाचारमा देखिएको मृत्युसम्बन्धी तथ्यांकको भिन्नताबारे सोधिएको प्रश्नमा पेन्टागनले प्रतिक्रिया दिन अस्वीकार गरेको वासिङ्टन पोस्ट ले जनाएको छ ।









