हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं ,५ असोज। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताउनु भयो ।

रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत् पूर्वाधारमा क्षति पुग्दा १० प्रतिशत विद्युत् प्रणाली बाहिर गएर राष्ट्रिय प्रसारण लाइनमा चाप परेको बताउनु भयो । चापका बिच विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइनमा सन्तुलन बनाइरहेको भन्दै मन्त्री श्रेष्ठले हिउँदमा आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताउनु भयो ।

‘अब जोडिने प्रसारण लाइन के कस्तो छ, अरू ठाउँमा पनि सम्भावित हिसाबले जोखिम छ, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने छलफल भएको छ । तैपनि जाँडो महिनामा पनि अहिलेजस्तै विद्युत् आपूर्तिलाई सन्तुलित राख्नमा हामीले वर्कआउटहरु गरिरहेका छौँ । आशा गरौँ अहिले अब प्रसारण लाइनमा जोडिने लगायत आपूर्ति सन्तुलित हुनेछ,’ उहाँले भन्नुभयो ।

प्रसारण लाइनबाट बाहिर गएकाले केही असहज हुन्छ कि भनेर चिन्ता व्यक्त गर्दै मन्त्री श्रेष्ठले त्यसमा वर्कआउट भइरहेको बताउनु भयो ।

‘जाडो महिनामा माग धेरै हुँदो रहेछ । खास गरी दुई महिनामा त्यो हुन्छ । त्यसको वर्कआउटहरु भइरहेको छ,’ उहाँले भन्न्नु भयो ।

मन्त्री श्रेष्ठले नुवाकोटमा बाढीको २४ घण्टाभित्र विद्युत् जोडिएको र रसुवामा पनि हालै विद्युतीकरण भएको जानकारी दिँदै अब आउने सुख्खायाममा कसरी व्यवस्थापन गर्ने भनेर प्राविधिक हिसाबले तयारी भइरहेको बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यात्रुवाहक बसमा आगलागी

काठमान्डौ,५ असोज । काठमाडौँको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा आगलागी भएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैको सडकमा यात्रुवाहक बसमा आगलागी भएको हो । घटनाबारे थप विवरण

विश्व शान्ति दिवस आज मनाइँदै

काठमाडौं,५ असोाज । आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व शान्ति दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २१ का दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको

भोटेकोशी बाढी अपडेट ,१ हजार ४५१ जनाको शव फेला

काठमाडौं ,५ असोज। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८ बजेसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६

एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डाबारे सचिवालयमा छलफल

काठमाडौं ,५ असोज। नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गरेको छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले केन्द्रीय समितिमा लैजाने एजेन्डाबारे मात्र

हिउँदमा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं ,५ असोज। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताउनु भयो । रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग

२७ दिनपछि पनि किन घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ?

भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङसहितका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पु¥यायो । बाढी आएको सुरुवाती दिनदेखि नै हजारौँ