प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले सरकारले उच्च शिक्षा, प्राविधिक शिक्षा र आधारभूत शिक्षालाई प्राथमिकतामा राखेर विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो ।

उहाँले प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो न्यून देखिँदा कतिपय प्राविधिक शिक्षालयमा विद्यार्थी भर्ना न्यून भएको बताउनु भयो ।

उनले भने, ‘नेपाल सरकारले उच्च शिक्षा, प्राविधिक शिक्षा र आधारभूत शिक्षामा विशेष जोड दिइ विभिन्न योजना र कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तथापी प्राविधिक शिक्षामा अभिभावक र विद्यार्थीको चासो न्युन देखिएकोले प्रविधिक शिक्षालयहरुमा विद्यार्थी भर्ना न्यून भएको अवस्था पनि कतिपय ठाउँमा छ । यस क्षेत्रमा विभिन्न समस्याहरुको समधान गर्दै प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानूनी प्रवन्ध गर्दै लगिनेछ।’

त्यस्तै, मन्त्री पोखरेलले चीन र नेपालबीचको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएका खेलाडी आशिष राईलाई उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जानकारी दिनु भयो ।

उहाँका अनुसार २०२५ फेब्रुअरी १५ मा चीन र नेपालबीच मैत्रीपूर्ण खेल भइरहेको अवस्थामा घाइते भई थाइल्याण्डमा उपचाररत रहेका राईलाई राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको २०८३ साउन १४ गतेको बैठकबाट चालु आर्थिक वर्षको स्वीकृत बजेटको परिधिभित्र रही उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको हो ।

मन्त्री पोखरेलले खेलाडी कल्याणकारी कोष सञ्चालनसम्बन्धी मापदण्डको मस्यौदा पनि राष्ट्रिय खेलकुद परिषद्ले तयार गरिसकेको बताउनु भयो ।

उहाँले उक्त मापदण्ड स्वीकृत गरी राईलाई यथासम्भव थप आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया प्रारम्भ भइसकेको जानकारी दिनु भयो ।

उहाँले भन्नाु भयो, ‘सन २०२५ फेब्रवरी १५ मा चीन र नेपालबीच मैत्रीपूर्ण खेलभइरहेको अवस्थामा घाइते भई थाइल्याण्डमा उपचारत रहेका आशिस राईलाई राष्ट्रिय खेलकुद परिषदको कार्यकारी समितिको २०८३ साउन १४ गतेको बैठकबाट चालु आर्थिक वर्षको स्विकृत बजेटको परिधिभित्र रहि उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ । साथै खेलाडी कल्याणकारी कोष सञ्चालन सम्बन्धी मापदण्डको मस्यौदा राष्ट्रिय खेलकुद परिषदद्धारा तयार गरिएको र सो मापदण्ड स्विकृत गरि यथासम्भव थप आर्थिक सहयोग उपलव्ध गराउने प्रकृया प्रारम्भ भइसकेको जानकारी गराउन चाहान्छु।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३०