सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन नसक्नु सरकार तथा पार्टीको कमजोरी रहेको स्वीकार गरेका छन्।

पार्टीको केन्द्रीय कमिटी बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा ओलीले सडकमा आएका सबै युवा हिंसात्मक नरहेको उल्लेख गर्दै युवामा बढेको निराशा, बेरोजगारी, शैक्षिक भविष्यको अन्योल, पारिवारिक ऋण र राज्यले आफ्ना कुरा नसुनेको अनुभूति समयमै सम्बोधन गर्न नसकिएको बताएका छन्।

उनले युवाको बेचैनीलाई राज्य र राजनीतिक दलका लागि आफ्नो शासनशैली, संवादशैली र जनसम्पर्क समीक्षा गर्ने ऐना का रूपमा व्याख्या गरेका छन्।

विशेषगरी सामाजिक सञ्जाल नियमनसम्बन्धी तत्कालीन सरकारको निर्णय जनतासामु स्पष्ट पार्न नसक्नु गम्भीर कमजोरी भएको ओलीको निष्कर्ष छ।

उनका अनुसार नागरिक स्वतन्त्रतासँग जोडिएको संवेदनशील विषयमा सरकारको भाषा स्पष्ट, विश्वसनीय र संवादमुखी बन्न नसक्दा सामाजिक सञ्जालमा भ्रम फैलाउने वातावरण बनेको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन

सांसद अवस्थीको व्यंग्य : ‘दिल्ली सस्तो, सुदूरपश्चिम महँगो’

काठमाडौं,५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आकृति अवस्थीले नेपालका आन्तरिक उडानको हवाई भाडा अत्यधिक महँगो भएको भन्दै सरकार र एयरलाइन्स कम्पनीको ध्यानाकर्षण गराउनु

वन फँडानी र अतिक्रमण रोक्न सकिएला?

वन संरक्षणलाई चुनौतीका रूपमा स्वीकार गर्नुभएका अध्यक्ष दंगालले समस्या समाधानका लागि आफू अहोरात्र खटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ।

गछियाका माउन्ट मकालुका विद्यार्थीले बनाए ‘क्युबस्‍याट’, अन्तरिक्ष प्रविधिप्रति देखाए उत्साह

सुन्दरहरैँचा (मोरङ), ५ असोज । मोरङको सुन्दरहरैँचा–३, गछियास्थित माउन्ट मकालु माध्यमिक विद्यालयका विद्यार्थीले अन्तरिक्ष प्रविधिमा आधारित ‘क्युबस्‍याट’ परियोजना निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरूको टोली ‘टिम

प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गरिने : शिक्षामन्त्री पोखरेल

काठमाडौं ,५ असोज। शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान गर्दै सुधारका लागि नीतिगत तथा कानुनी व्यवस्था गर्दै लगिने बताउनु भएको छ