बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका अनुसार विपद्पछिको आवश्यकता मूल्यांकन (पीडीएनए) प्रतिवेदन तयार पार्न स्थलगत टोली परिचालन गरिएको हो ।उनका अनुसार प्रस्तावित क्षेत्रको वास्तविकता पहिचान तथा तथ्यमा आधारित मूल्यांकन गर्न सम्बन्धित स्थानीय तह, क्षेत्रगत समिति तथा विषयविज्ञ समेतको परामर्शमा घरधुरी सर्वेक्षणका लागि प्रश्नावली तयार पारी रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लाका बाढी प्रभावित सबै पालिकाका वडामा तथ्यांक संकलन गर्न आइतबारदेखि टोली  परिचालन गरिएको छ ।प्रश्नावलीका आधारमा अनलाइन पोर्टल तयार पारी तथ्यांक प्रविष्टि तथा संकलन व्यवस्था मिलाइएको समेत आयोगले जनाएको छ ।

उक्त पोर्टल मार्फत तथ्यांक कार्यलाई प्रभावकारी, व्यवस्थित, एकरूप र विश्वसनीय बनाउन आवश्यक प्रविधि सहित ट्याबलेट्स उपलब्ध गराइ कर्मचारीलाई प्रभावित क्षेत्रका वडामा खटाइएको हो ।आयोगका अनुसार यस काममा २ सय ५० भन्दा धेरै कर्मचारी फिल्डमा खटिएका छन् । हरेक टोलीमा एक प्राविधिक, १ प्रशासनिक तथा १ तथ्यांक सेवाका कर्मचारी रहने व्यवस्था मिलाइएको छ ।परिचालित कर्मचारीलाई सम्बन्धित घरधुरी तथा प्रभावित क्षेत्रको स्थलगत अवस्था, हानि तथा नोक्सानी सम्बन्धी आवश्यक विवरण संकलन गरी अनलाइन प्रणाली मार्फत तथ्यांक प्रविष्टि गर्ने जिम्मेवारी दिइएको छ ।हरेक पालिकामा तथ्यांक संकलन गर्ने काम थप व्यवस्थित र प्रभावकारी बनाउन आयोगका कार्यक्रम निर्देशकहरू समेत खटिएका छन् ।कार्यक्रम निर्देशकले सम्बन्धित स्थानीय तह तथा परिचालित कर्मचारीसँग आवश्यक समन्वय, सहजीकरण तथा तथ्यांक संकलन कार्यको सुपरिवेक्षण गर्नेछन् ।आयोगले क्षति तथा नोक्सानीको विस्तृत मूल्यांकन गरी वित्तीय आवश्यकता अनुमान तथा पुनर्निर्माण योजना सहित विपद्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदन यथार्थपरक बनाउन यस्तो मूल्यांकन गर्न लागिएको हो । सरकारले पीडीएनए तयार पार्ने जिम्मेवारी राष्ट्रिय योजना आयोगलाई दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टेकुमा आगलागी: दुई दमकल र प्रहरीको सहयोगमा आगो निभाउने कार्य जारी

काठमाडौँ , ५ असोज। काठमाडौँको टेकुस्थित फोहोरमैला सङ्कलन केन्द्र नजिकै रहेको प्लास्टिक गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका

कम्युनिस्ट आन्दोलनमा वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त अपरिहार्य: नेता पाण्डे

काठमाडौं , ५ असोज।  नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का नेता दीर्घराज पाण्डेले देशमा विद्यमान व्यवस्था परिवर्तनका लागि पार्टीले सैद्धान्तिक रूपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बताउनुभएको

त्रिपुरेश्वर बस आगलागी घटना: छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

५ असोज, काठमाडौं । त्रिपुरेश्वरमा बसमा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले छानबिन समिति गठन गरेको

विवाद नसुल्झिए हुलाक कार्यालयमा तालाबन्दी गर्ने नेपाल पत्रकार महासंघ झापाको चेतावनी

भद्रपुर , ५ असोज । सरकारले छापा सञ्चारमाध्यमलाई दिइँदै आएको लोककल्याणकारी विज्ञापनको बजेटमा ५० प्रतिशत कटौती गरेको विरोधमा नेपाल पत्रकार महासंघ झापा शाखाले जिल्ला हुलाक

बाढीको क्षति मूल्यांकन गर्न चार जिल्लामा २५० भन्दा बढी कर्मचारी परिचालन

 काठमाडौं ,  असोज ५। रसुवा भोटेकोशी बाढीको क्षति मूल्यांकन गर्न सरकारले कर्मचारीलाई प्रश्नावली सहित फिल्डमा खटाएको छ ।राष्ट्रिय योजना आयोगका सहसचिव तथा प्रवक्ता हरिशरण पुडासैनीका

सञ्जाल नियमनबारे स्पष्ट बुझाउन नसक्नु सरकारको कमजोरी :केपी शर्मा

काठमान्डौ,५ असोज। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गत वर्षको भदौमा भएको ‘जेनजी’ आन्दोलनअघि युवाको मनोविज्ञान बुझ्न नसक्नु र सामाजिक सञ्जाल नियमनबारे स्पष्ट रूपमा बुझाउन