कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं,६ असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ ।

प्रधानमन्त्री शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ ।

उहाँले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्नुभएको थियो । उक्त सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्रीलाई कार्यवाहक प्रधानमन्त्री तोक्नु भएको हो ।

प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ । उहाँ यही असोज १० गते स्वदेश फिर्ता हुने तालिका छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं,६ असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह

आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ , सांसद शाक्य

काठमाडौं,६ असोज । नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाबारे गृहमन्त्रीले तत्काल संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग

युवामा बढ्दो निराशाको कारण खोज्न सरकार गम्भीर बन्नुपर्छ , सांसद राई

काठमाडौं,६ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले युवामा बढ्दै गएको निराशा र आत्मदाहका घटनाको कारण पहिचान गर्न सरकारले गम्भीर पहल गर्नुपर्ने बताउनु भएको

बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ६ सदस्य नियुक्त

काठमाडौं,६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बी।पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको सदस्य पदमा ६ जना नियुक्त गरेको छ । बी।पी कोइराला