उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल कदम चाल्न माग गर्नु भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै त्रिपुरेश्वरमा सवारी चालकले ट्राफिकसँगको विवादपछि बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेको घटनामा घाइते भएका व्यक्तिको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्नुभयो।

उहाँले युवाहरू निराशाको तहमा पुग्नु र यस्ता घटना दोहोरिनु सामान्य विषय नभएको बताउनु भयो।

त्यसैगरी, राजनीतिक विश्लेषक भरत दाहाललाई मोरङबाट प्रहरीले पक्राउ गरेको विषयमा पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनु भयो। साइबर ब्युरोले युट्युबमार्फत भ्रामक सामग्री फैलाएको आरोप लगाएको उल्लेख गर्दै उहाँले आरोप लाग्नु र दोषी प्रमाणित हुनु फरक कुरा भएको बताउनु भयो।

उहाँले कुन भिडियो वा सामग्रीका कारण पक्राउ गरिएको हो र कुन कानुनी दफाअन्तर्गत कारबाही अघि बढाइएको हो भन्ने विषय पारदर्शी हुनुपर्ने बताउनु भयो। गलत सूचना फैलाइएको भए कानुनअनुसार अनुसन्धान र कारबाही हुनुपर्ने तर सरकारको आलोचना गरेकै आधारमा नागरिक पक्राउ पर्न नहुने उहाँको भनाइ थियो।

‘लोकतन्त्र भनेको सरकारको प्रशंसा मात्र सुन्ने व्यवस्था होइन, असहज प्रश्न सहने तागत पनि हो,’ उहाँले भन्नु भयो, ‘अभिव्यक्ति स्वतन्त्रताका नाममा झुट फैलाउने छुट कसैलाई छैन, तर साइबर कानुनको आडमा वैधानिक आलोचनालाई अपराध बनाउने अधिकार पनि राज्यलाई छैन।’

उहाँले धादिङ र गोरखाका नागरिकको जनजीवनसँग जोडिएको फुर्के खोलाको पक्की पुल बाढीले बगाएको २८ दिन बितिसक्दा पनि पुनर्निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो। त्रिशूली नदीमाथिको उक्त पुल धादिङ सदरमुकाम, त्रिशूलीपारिका आठ पालिका र उत्तरी गोरखाका लाखौँ नागरिकका लागि महत्वपूर्ण सडक रहेको उहाँले बताउनु भयो।

फुर्के खोलामा तत्काल १०० मिटरको बेलिब्रिज निर्माण गर्न माग गर्दै उहाँले नुवाकोटको ढुङ्गे र त्रिशूली बजार जोड्ने बेलिब्रिज निर्माण प्रक्रिया अघि बढिसकेको अवस्थामा फुर्के खोलामा पनि निर्माण गर्न सकिने बताउनु भयो।

घाटबेँसी, जरेखेत, बेलकोटगढी र गल्छीको केउरिनी–फोस्रेटार जोड्ने पक्की पुल तथा गल्छी, चरौँदी र घ्याल्चोक जोड्ने झोलुङ्गे पुल बग्दा स्थानीयको जनजीवन प्रभावित भएको उनले बताइन्। पुल नहुँदा छोटो दूरीको विद्यालय पुग्न बालबालिका घुमेर जानुपर्ने र किसानले दूध तथा तरकारी बजारसम्म पु¥याउन नसकेको उहाँको भनाइ थियो।

उहाँले फुर्के खोलामा तत्काल बेलिब्रिज निर्माण गर्न तथा अन्य पक्की र झोलुङ्गे पुल पुनर्निर्माणका लागि प्राविधिक टोली खटाएर ठेक्का प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गर्नु भयो।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,

अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच सम्झौता

काठमान्डौ,६ असोज ।सवारी चालक अनुमतिपत्र लाइसेन्स छपाइ र वितरणलाई छिटो तथा सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौता

उर्मिला थपलियाको प्रश्न र आलोचना सुन्न सरकारलाई आग्रह

काठमाडौं ,६ असोज। नेपाली कांग्रेसकी सांसद उर्मिला थपलियाले सरकारलाई नागरिकका प्रश्न र आलोचना सुन्न आग्रह गर्दै बाढीपीडित क्षेत्रको पुनर्निर्माण, अभिव्यक्ति स्वतन्त्रता र महँगी नियन्त्रणमा तत्काल

यो मेरो न्याय खोज्ने यात्रा हो: सांसद खत्री

काठमाडौं,६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडा खत्रीले आफू कुनै राजनीतिक रहर वा पदको लालचमा संसद्मा नआएको बताउनु भएको छ । मंगलबार बसेको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई

काठमाडौं,६ असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ । प्रधानमन्त्री शाह

आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुपर्छ , सांसद शाक्य

काठमाडौं,६ असोज । नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गरेको घटनाबारे गृहमन्त्रीले तत्काल संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग