प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गर्नुभएको छ।

 

उहाँलाई कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुहुनेछ।

प्रधानमन्त्रीज्यू दोहाबाट असोज ७ गते (२३ सेप्टेम्बर) बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नुहुनेछ।

उहाँलाई न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नुहुनेछ।

 

सोही दिन सम्माननीय प्रधानमन्त्री शाहज्यू संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा पुग्नुहुनेछ। त्यहाँ उहाँलाई भ्रमणका विषयमा परराष्ट्र सचिव, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत र न्यूयोर्कस्थित नेपालका महावाणिज्यदूतले क्रमशः ब्रिफिङ गर्नुहुनेछ।

त्यसलगत्तै प्रधानमन्त्री शाहज्यू उहाँको सम्मानमा नेपालका लागि स्थायी प्रतिनिधिहरुले आयोजना गर्ने समारोहमा सरिक हुनुहुने कार्यक्रम छ।

असोज ८ गते (२४ सेप्टेम्बर) सम्माननीय प्रधानमन्त्रीज्यू र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता हुनेछ। त्यसलगत्तै प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्नुहुनेछ।

प्रधानमन्त्रीज्यू असोज ९ गते (२५ सेप्टेम्बर) न्युयोर्कबाट दोहा प्रस्थान हुनुहुनेछ। प्रधानमन्त्रीज्यूलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत र वरिष्ठ अधिकारीहरूले स्वागत तथा बिदाई गर्नुहुनेछ।

 

प्रधानमन्त्रीज्यू यही असोज १० गते (२६ सेप्टेम्बर) काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नुहुने तालिका छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,