अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

काठमाडौं | ६ असोज |  नेकपा एमालेकी केन्द्रीय सदस्य गीता अधिकारीले पार्टीको सामूहिक जिम्मेवारीबाट पन्छिएर अपजसजति अध्यक्षमाथि थोपर्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउन नसक्ने बताएकी छन्। केन्द्रीय कमिटीको जारी तेस्रो बैठकमा बोल्दै उनले नेताहरूले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने यस्ता अभिव्यक्तिले नेता–कार्यकर्ता र जनतामा नकारात्मक सन्देश जाने भन्दै यस विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताइन्।

अधिकारीले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई पूर्ण समर्थन गर्दै निर्वाचन परिणामको समीक्षा गर्दा पार्टीभित्रका कमजोरीलाई समेत आत्मसमीक्षाको विषय बनाइनु सकारात्मक भएको बताइन्।
उनले संगठनात्मक कमजोरी, जनतासँग बढेको दूरी, युवासँग पर्याप्त संवाद हुन नसकेको अवस्था र सञ्चार क्षेत्रमा देखिएका कमजोरीलाई अब सुधारको ठोस योजनामा बदल्नुपर्ने बताइन्।

‘जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’ उनले प्रश्न गरिन्, ‘जिम्मेवारी सामूहिक रूपमा लिने तर अपजसको भार कुनै एक व्यक्तिको टाउकोमा मात्र राख्ने प्रवृत्तिले पार्टीलाई बलियो बनाउँदैन।’

पार्टीभित्र मतभिन्नता हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टीका विधि, कमिटी र संस्थागत प्रक्रियामार्फत समाधान गर्ने संस्कार विकास गर्नुपर्ने अधिकारीको भनाइ थियो।
उनले कम्युनिस्ट आन्दोलनका उपलब्धि संस्थागत गर्न तथा संविधान र लोकतन्त्रको रक्षा गर्न पार्टीभित्र आन्तरिक एकता आवश्यक रहेको बताइन्।

 

‘आजको हाम्रो प्राथमिकता व्यक्ति होइन, पार्टी; आरोप होइन, आत्मसमीक्षा; विभाजन होइन, एकता; र विगतको बहस मात्र होइन, आगामी दिनको स्पष्ट कार्ययोजना हुनु जरुरी छ,’ उनले भनिन्।

‘बलियो पार्टी निर्माणका लागि बलियो आन्तरिक एकताभन्दा अर्को विकल्प छैन’, अधिकारीले बताइन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

अपजसजति अध्यक्षलाई थोपर्ने प्रवृत्तिले पार्टी बलियो बन्दैन : गीता अधिकार

जस आफूले लिने र अपजस एक्लो अध्यक्षको टाउकोमा हाल्ने गरी छरपस्ट ढंगले नेताहरूका अभिव्यक्ति सामाजिक सञ्जालमा किन बारम्बार आइरहन्छन् ?’

पार्टी पुनर्गठनका नाममा कार्यकर्ता विभाजन भयो : भण्डारी

‘कार्यदलका नाममा जे गरियो र मुल नेतृत्व फेर्न भन्ने भाष्य खडा गरियो । यसले पार्टीलाई अझै कमजोर र कार्यकर्तालाई विभिन्न खेमामा विभाजन गरेको छ ’

प्रधानमन्त्री शाह कतार हुँदै अमेरिका प्रस्थान

काठमाडौ , ६ असोज | प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त  राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ः०० बजे कतारको

३० वर्षे सेवाले अधिकांश सचिव बाहिरिँदै, पेन्सनमा पनि नयाँ सीमा प्रस्तावप्रस्तावित

काठमान्डौ ,६ असाज ।संघीय निजामती सेवा विधेयक जस्ताको तस्तै लागू भए हाल कार्यरत अधिकांश अनुभवी सचिव सेवाबाट बाहिरिने अवस्था देखिएको छ। विधेयकमा ५५ वर्ष उमेर

भारी वर्षाको सम्भावनाबारे मन्त्रीद्वयले लिए जानकारी

काठमान्डौ,६ असोज।गृहमन्त्री सुधन गुरुङ र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखा पुग्नुभएको छ। मन्त्रीद्वयले असोज ८, ९ र १० गते

आरसीटीदेखि इम्प्लान्टसम्म, विशेषज्ञ चिकित्सकसहित गुणस्तरीय दन्त सेवा। समय बचाऔँ, पीडा घटाऔँ—गौरदह डेन्टल रोजौँ।

दाँत दुखेपछि मात्रै डेन्टल जाने बानी, अब समयमै उपचारतर्फ ध्यान दिनुपर्ने चिकित्सकको सुझाव धेरै मानिसको बानी हुन्छ—दाँत दुख्न थालेपछि मात्रै डेन्टल जाने। दाँत दुखेपछि खान,