चाडपर्वअघि राजमार्गको सुरक्षा अडिट गर्न सांसद गिरीको माग

काठमाडौं,७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद भरत गिरीले चाडपर्व नजिकिँदै गर्दा प्रमुख राजमार्गको अनिवार्य सुरक्षा अडिट गरी जोखिमयुक्त सडकमा तत्काल मर्मत तथा सुरक्षात्मक संरचना निर्माण गर्न सरकारसँग आग्रह गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गिरीले दसैं–तिहार मनाउन लाखौं नेपाली आफ्ना परिवार तथा आफन्तजनसँग भेटघाट गर्न घर फर्किने तयारीमा रहेको बताउनु भयो । उहाँले चाडपर्वमा वर्षभरि टाढा रहेका परिवारसँग पुनः जोडिने भावनात्मक यात्राका क्रममा राजमार्गमा अत्यधिक चाप हुने उल्लेख गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘चाडपर्व नजिकिँदै गर्दा लाखौं नेपाली आफ्ना परिवार तथा आफन्तजनसँग दसैं–तिहार मनाउन घर फर्किने तयारीमा छन् । उनीहरूको यो यात्रा वर्षभरि टाढा रहेका परिवारसँग पुनः जोड्ने भावनात्मक यात्रा हो । हरेक वर्ष चाडपर्वमा राजमार्गमा अत्यधिक चाप हुन्छ । जीर्ण सडक, जोखिमयुक्त मोड, पहिरोको सम्भावना, सवारीसाधनको अवस्था र चालकको लापरवाहीले यात्रालाई जोखिमपूर्ण बनाइरहेको छ । त्यसैले म सरकारसँग चाडपर्व सुरु हुनुअघि नै प्रमुख राजमार्गको अनिवार्य सुरक्षा अडिट गरी जोखिमयुक्त सडकमा तत्काल मर्मत तथा सुरक्षात्मक संरचना निर्माण गर्न आग्रह गर्न चाहन्छु । ओभरलोडिङ, तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही गर्नुपर्छ ।’

जिर्ण सडक, जोखिमयुक्त मोड, पहिरोको सम्भावना, सवारीसाधनको अवस्था तथा चालकको लापरवाहीका कारण यात्रुहरूको यात्रा जोखिमपूर्ण बन्दै गएको उहाँले बताउनु भयो ।

गिरीले चाडपर्व सुरु हुनुअघि नै प्रमुख राजमार्गको सुरक्षा अडिट गर्नुपर्नेमा जोड दिँदै जोखिमयुक्त सडकमा तत्काल मर्मत तथा सुरक्षात्मक संरचना निर्माण गर्न सरकारसँग आग्रह गर्नु भयो ।

त्यस्तै, उहाँले ओभरलोडिङ, तीव्र गति तथा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनेलाई कारबाही गर्नुपर्ने बताउन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा विद्यालयको गेटअगाडि नै मदिरा पसल, अनुगमनमा ७० प्रतिशतभन्दा बढीले कानुन मिचेको भेटियो

दमक, ७ असोज । विद्यालयको गेटअगाडि नै मदिरा पसल सञ्चालन भएको सुन्दा तपाईंलाई कस्तो लाग्छ? विद्यालय आसपासमा बसोबास गर्ने वा नियमित आवतजावत गर्नेहरूका लागि यो

बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने घोषणा

काठमाडौं ,७ असोज। अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको

बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन दुलालको माग

काठमाडौं ,७ असोज। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गर्नुभयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

नवनियुक्त कार्यकारी निर्देशकको सपथ,निष्ठापूर्वक काम गर्न निर्देशन

काठमाडौं,७ असोज । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त

बाढीपीडित शिविरको सुरक्षाप्रति सांसद झाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालबालिका पर्याप्त रूपमा सुरक्षित नरहेको जानकारी आफूले पाएको बताउनु भएको छ

शीतल निवासमा राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

काठमाडौ ,७ असोज। राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ । बुधबार बिहान राष्ट्रपति भवन