बाढीपीडित शिविरको सुरक्षाप्रति सांसद झाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालबालिका पर्याप्त रूपमा सुरक्षित नरहेको जानकारी आफूले पाएको बताउनु भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले बाढीपीडितहरू विभिन्न स्थानमा सञ्चालन गरिएका क्याम्पमा बसिरहेको अवस्थामा महिला तथा बालबालिकाको सुरक्षा चुनौतीप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नु भयो, ‘अहिले बाढीपीडितहरू विभिन्न ठाउँको क्याम्पमा बसि राखेको ठाउँमा महिला र बालबालिका त्यति सुरक्षित छैन भन्ने कुरा सुनिन्छ । त्यसप्रति ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले उनीहरूको सुरक्षाका लागि सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

उहाँले गत वर्ष चुनावी अभियानका क्रममा माघ ५ गते जनकपुरमा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रतिबद्धता व्यक्त गरिएको उल्लेख गर्नुभयो । सोही प्रतिबद्धताअनुसार सरकारले जानकी मन्दिर क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा घोषणा गर्ने निर्णय गरेको भन्दै उहाँले सरकारप्रति आभार व्यक्त गर्नुभएको छ ।

उहाँले भन्नु भयो, ‘गत वर्ष चुनावी अभियान सुरु गर्दै गर्दा जनकपुरमा माघ ५ गते जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचीकृत गराउने प्रतिबद्धता हामीले जाहिर गरेका थियौँ । त्यस प्रतिबद्धता अन्तर्गत अहिले जानकी मन्दिर क्षेत्रलाई संरक्षित प्रटिस्ठान क्षेत्रको रूपमा घोषणा गर्ने कार्यक्रम नेपाल सरकारबाट भएको छ । मन्त्रीपरिषद्बाट पाश भएको छ । त्यसप्रति आभार व्यक्त गर्दछु ।’

उहाँले पछिल्लो समय सरकारले निर्माण तथा पूर्वाधारका काममा देखाएको तदारुकताप्रति पनि कृतज्ञता व्यक्त गर्नुभयो। साथै, कृष्णभिरको सडक १२ दिनमै सञ्चालनमा ल्याउन पहल गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सक्रियताको प्रशंसा समेत गर्नु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा विद्यालयको गेटअगाडि नै मदिरा पसल, अनुगमनमा ७० प्रतिशतभन्दा बढीले कानुन मिचेको भेटियो

दमक, ७ असोज । विद्यालयको गेटअगाडि नै मदिरा पसल सञ्चालन भएको सुन्दा तपाईंलाई कस्तो लाग्छ? विद्यालय आसपासमा बसोबास गर्ने वा नियमित आवतजावत गर्नेहरूका लागि यो

बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने घोषणा

काठमाडौं ,७ असोज। अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको

बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन दुलालको माग

काठमाडौं ,७ असोज। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गर्नुभयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

नवनियुक्त कार्यकारी निर्देशकको सपथ,निष्ठापूर्वक काम गर्न निर्देशन

काठमाडौं,७ असोज । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त

बाढीपीडित शिविरको सुरक्षाप्रति सांसद झाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं ,७ असोज। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालबालिका पर्याप्त रूपमा सुरक्षित नरहेको जानकारी आफूले पाएको बताउनु भएको छ

शीतल निवासमा राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता

काठमाडौ ,७ असोज। राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नु भएका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट भएको छ । बुधबार बिहान राष्ट्रपति भवन