दमकमा विद्यालयको गेटअगाडि नै मदिरा पसल, अनुगमनमा ७० प्रतिशतभन्दा बढीले कानुन मिचेको भेटियो

दमक, ७ असोज । विद्यालयको गेटअगाडि नै मदिरा पसल सञ्चालन भएको सुन्दा तपाईंलाई कस्तो लाग्छ? विद्यालय आसपासमा बसोबास गर्ने वा नियमित आवतजावत गर्नेहरूका लागि यो नयाँ विषय होइन। तर विद्यालयदेखि केही दूरीमै भए पनि यस्ता सामग्रीको बिक्री हुनु कानुनविपरीत हो।

दमकमा विद्यालयको गेटअगाडि नै मदिरा पसल सञ्चालन भइरहेको पाइएको छ। विद्यालय आसपासमा मदिरासहित सुर्तीजन्य पदार्थको खुला बिक्री भइरहेको भन्दै यसअघि पनि उज्यालो खबरले समाचार प्रकाशित गरेको थियो।

दमकका सबै विद्यालयको गेटअगाडि नै मदिरा बिक्री भइरहेको भने होइन। तर केही विद्यालय आसपासमा खुलेआम मदिरा बिक्री भइरहेको छ।

यसरी बिक्री गर्न पाइन्छ त?

कानुनले विद्यालयभन्दा एक सय मिटर वरपर मदिरासँगै सुर्ती, चुरोट, गुट्खा, खैनीलगायतका वस्तुको बिक्रीमा पूर्ण रोक लगाएको छ। त्यसैले विद्यालय आसपास यस्ता वस्तु बिक्री गर्ने व्यवसायीलाई कानुनी व्यवस्था थाहा नभएको भन्ने अवस्था पनि देखिँदैन।

तर कानुन कार्यान्वयन गराउने जिम्मेवारी कसको हो?

कानुन छ, त्यसको पालना गराउने निकाय पनि छ। तर पालना नगर्दा व्यापार बढिरहेको छ भने सम्बन्धित निकायले प्रभावकारी अनुगमन र कारबाही किन गर्न सकिरहेको छैन भन्ने प्रश्न उठेको छ।

विद्यालयजस्तो संवेदनशील क्षेत्रको आसपास यस्ता सामग्री बिक्री गरेर कमाएको आम्दानीले भोलि आफ्नै सन्तानको शिक्षा र भविष्य सुधार्न खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। तर तत्कालको आम्दानीका लागि बालबालिकाको संवेदनशील मनोविज्ञानमा पर्ने प्रभावबारे पर्याप्त ध्यान नदिइएको देखिन्छ।

उज्यालो खबरले यसअघि पनि विद्यालय तथा अन्य सार्वजनिक निकाय र अस्पताल आसपास कानुनले निषेध गरेका सामग्रीको खुला बिक्री भइरहेको विषयमा समाचार प्रकाशित गरेको थियो। त्यसपछि दमक नगरपालिकाले कानुन कार्यान्वयन गर्ने र अनुगमनलाई तीव्र बनाउने प्रतिबद्धता जनाएको थियो।

सोहीअनुसार दमक नगरपालिकाको नगर प्रहरीसहितको कर्मचारी टोली विद्यालय परिसरका विभिन्न क्यान्टिन, आसपासका पसल तथा होटलमा अनुगमन गर्न पुगेको थियो। अनुगमनका क्रममा ७० प्रतिशतभन्दा बढी स्थान तथा पसलले कानुनको धज्जी उडाइरहेको पाइएको नगरपालिकाले जनाएको छ।

अनुगमनका क्रममा के–कस्ता अवस्था भेटिए भन्ने विषयमा दमक नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी अधिकृत जमुना पौडेलले जानकारी दिनुभयो।

जमुना पौडेल, महिला तथा बालबालिका अधिकृत, दमक नगरपालिका

बालबालिकाको अधिकार सुनिश्चित गर्दै दमकलाई बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेका बेला विद्यालयको गेटअगाडि नै बालबालिकालाई असर पार्ने वस्तुको बिक्री हुनु चिन्ताजनक विषय हो।

यो विषय नगरपालिकाको कार्यालयको मात्रै जिम्मेवारी होइन। नगरवासीमा कानुनबारेको चेतना र आफ्नो टोल तथा समुदायमा कानुन पालना गराउने इच्छाशक्ति पनि आवश्यक हुन्छ। कानुनले निषेध गरेका क्षेत्र र वस्तुको बिक्री तत्काल रोक्दै विद्यालय क्षेत्रलाई बालमैत्री र सुरक्षित बनाउन सम्बन्धित निकायले प्रभावकारी कदम चाल्न आवश्यक देखिन्छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालमैत्री नगर घोषणाको पूर्वसन्ध्यामा खुल्यो बाल उद्यान, बालबालिकाका लागि के–के छन्

दमक, ७ असोज । दमक नगरपालिका वडा नम्बर २ स्थित पाथीभरा कोलोनीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ। बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेका बेला बालबालिकाका

जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन, उर्जामन्त्री श्रेष्ठ

काठमाडौं,७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत ८

दमकमा विद्यालयको गेटअगाडि नै मदिरा पसल, अनुगमनमा ७० प्रतिशतभन्दा बढीले कानुन मिचेको भेटियो

दमक, ७ असोज । विद्यालयको गेटअगाडि नै मदिरा पसल सञ्चालन भएको सुन्दा तपाईंलाई कस्तो लाग्छ? विद्यालय आसपासमा बसोबास गर्ने वा नियमित आवतजावत गर्नेहरूका लागि यो

बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने घोषणा

काठमाडौं ,७ असोज। अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको

बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन दुलालको माग

काठमाडौं ,७ असोज। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गर्नुभयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

नवनियुक्त कार्यकारी निर्देशकको सपथ,निष्ठापूर्वक काम गर्न निर्देशन

काठमाडौं,७ असोज । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त