जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन, उर्जामन्त्री श्रेष्ठ

काठमाडौं,७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको जानकारी दिनुभयो ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित परिवारप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो ।

उहाँका अनुसार सम्पर्कविहीन आफन्तको प्रतीक्षामा रहेका परिवारको पीडा गहिरो रहेको भन्दै सरकारले घाइतेको उपचार, विस्थापितको पुनःस्थापना तथा क्षतिग्रस्त विद्युत्, सडक र पुललगायत पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखेको छ ।

उहाँले बाढीमा नेपाल विद्युत् प्राधिकरणका ४७ कर्मचारीसहित विभिन्न जलविद्युत आयोजना र संरचनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेको बताउनु भयो ।

उपल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा बाढी आउनुअघि १ हजार ४३३ जना कार्यरत रहेकामा ९५५ जनाको सकुशल उद्धार भएको वा उनीहरू आफैं सम्पर्कमा आएको मन्त्रीले बताउनु भयो । यो आयोजनाबाट ४३९ जना अझै सम्पर्कविहीन रहेको उहाँले जानकारी दिनुभयो। बाढी आएको १२औँ दिनमा एक चिनियाँ नागरिकको सकुशल उद्धार गरिएको तथा हालसम्म ३९ वटा शव फेला परेको उहाँले बताउनु भयो ।

त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’बाट ३९ जना सम्पर्कविहीन रहेको र खोज तथा उद्धारका क्रममा बाढीको १०औँ दिनमा कर्मचारी सञ्जय साह र कविर महर्जनको सकुशल उद्धार गरिएको मन्त्री श्रेष्ठले बताउनु भयो ।

यसैगरी देवीघाट जलविद्युत केन्द्र, त्रिशूली–३ ‘बी’ हब, रसुवा वितरण केन्द्र तथा चिलिमे–त्रिशूली प्रसारण लाइनमा कार्यरत कर्मचारीसमेत सम्पर्कविहीन रहेको मन्त्री श्रेष्ठले संसदलाई जानकारी दिनु भयो । उहाँले बाढीका कारण जलविद्युत आयोजनाका भूमिगत संरचनामा फसेका तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले विपत्तिबाट भएको क्षतिबीच सरकार निराश नभएको भन्दै प्रभावित नागरिकको जीवनलाई पुनः सामान्य अवस्थामा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी भएको बताउनु भयो ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालमैत्री नगर घोषणाको पूर्वसन्ध्यामा खुल्यो बाल उद्यान, बालबालिकाका लागि के–के छन्

दमक, ७ असोज । दमक नगरपालिका वडा नम्बर २ स्थित पाथीभरा कोलोनीमा बाल उद्यान सञ्चालनमा ल्याइएको छ। बालमैत्री नगर घोषणा गर्ने तयारी भइरहेका बेला बालबालिकाका

जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन, उर्जामन्त्री श्रेष्ठ

काठमाडौं,७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा विभिन्न जलविद्युत आयोजना तथा संरचनामा कार्यरत ८

दमकमा विद्यालयको गेटअगाडि नै मदिरा पसल, अनुगमनमा ७० प्रतिशतभन्दा बढीले कानुन मिचेको भेटियो

दमक, ७ असोज । विद्यालयको गेटअगाडि नै मदिरा पसल सञ्चालन भएको सुन्दा तपाईंलाई कस्तो लाग्छ? विद्यालय आसपासमा बसोबास गर्ने वा नियमित आवतजावत गर्नेहरूका लागि यो

बाढीपछिको पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने घोषणा

काठमाडौं ,७ असोज। अमेरिकाले नेपालमा गत भदौ १० मा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि थप ३ करोड १० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने भएको

बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन दुलालको माग

काठमाडौं ,७ असोज। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले रसुवा भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता नागरिकलाई मृतकसरह कानुनी हैसियत दिन सरकारसँग माग गर्नुभयो। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा

नवनियुक्त कार्यकारी निर्देशकको सपथ,निष्ठापूर्वक काम गर्न निर्देशन

काठमाडौं,७ असोज । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले पद तथा गोपनियताको सपथ लिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त