काठमान्डौं,७ असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ ।
विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरको वैज्ञानिक व्यवस्थापन, पुनःप्रशोधन र स्रोतका रूपमा उपयोग गर्दै स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले विधेयक ल्याइएको बताउनु भयो।
विधेयकले फोहोर उत्सर्जनदेखि सङ्कलन, प्रशोधन र विसर्जनसम्म संघ, प्रदेश र स्थानीय तहको भूमिका तथा जिम्मेवारी स्पष्ट गर्ने सरकारको भनाइ छ।
मन्त्री लम्सालले फोहोरलाई अब फोहोरका रूपमा मात्र नभई स्रोत र साधनका रूपमा उपयोग गर्नुपर्ने भन्दै तीनै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भयो।









