ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ।

चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको छ।
असार मसान्तमा २९ खर्ब ८१ अर्ब ७० करोड रहेको ऋण भदौसम्म केही घटेको देखिए पनि सरकारको ऋणको आकार भने निकै ठूलो छ। कुल ऋणमध्ये १३ खर्ब ६१ अर्ब ८७ करोड आन्तरिक र १६ खर्ब ११ अर्ब १८ करोड बाह्य ऋण रहेको छ। यो कुल जीडीपीको करिब ४५.०५ प्रतिशत हो।

रोचक पक्ष के छ भने, यही अवधिमा सरकारले विकास निर्माणमा गरेको खर्चभन्दा ऋण तिर्न गरेको खर्च ११ गुणाभन्दा बढी छ। भदौसम्म ऋण भुक्तानीमा ८५ अर्ब १ करोड रुपैयाँ खर्च हुँदा पूँजीगत खर्च भने ७ अर्ब ६६ करोड रुपैयाँ मात्र भएको छ।
सरकारले चालु आर्थिक वर्षमा थप ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको छ। दुई महिनामै ६१ अर्ब ५ करोड ऋण उठाइसकेको छ।

अर्थतन्त्रमा अर्को चिन्ताको विषय ऋणको उपयोग हो। महालेखा परीक्षक र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ऋणलाई कर्मचारी तलब, प्रशासनिक तथा चालु खर्चमा नभई उत्पादन, रोजगारी, पूर्वाधार र पूँजी निर्माण हुने क्षेत्रमा मात्र लगानी गर्न सुझाव दिएका छन्।

पछिल्लो सात वर्षमा नेपालको सार्वजनिक ऋण १४ खर्ब ३३ अर्बबाट बढेर झण्डै ३० खर्ब पुगेको छ। तर ऋण बढेअनुसार उत्पादन, राजस्व र पूँजी निर्माण बढ्न नसकेको भन्दै विज्ञ तथा सरकारी निकायले ऋणको उपयोग र प्रतिफलमाथि प्रश्न उठाएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब

बिहीबारदेखि लामो र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं,७ असोज । बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीले सर्वसाधारणलाई आग्रह गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं ,७ असोज। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ

कैलाली कांग्रेस सभापति भट्टको जिम्मेवारी खोसियो, बडुवाल बने कार्यवाहक

कैलाली ,७ असोज । नेपाली कांग्रेसले कैलाली जिल्ला सभापति नारायणदत्त भट्टको जिम्मेवारी खोसेर उपसभापति भीम बडुवाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। १५औँ महाधिवेशनअन्तर्गत जिल्ला मातहतका

फोहोर अब ‘फोहोर’ मात्र होइन, स्रोतका रूपमा उपयोग गर्ने कानुन ल्याउँदै सरकार

काठमान्डौं,७ असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्नुभएको छ । विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरको वैज्ञानिक व्यवस्थापन, पुनःप्रशोधन