स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु भएको छ।

बुधबार मन्त्रालयमा आयोजित सीप तथा रोजगार मेला २०८३ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले रोजगारी खोज्ने व्यक्ति र रोजगारदाताबीचको ‘मिसम्याच’ हटाउन सरकारले एकीकृत प्लेटफर्म निर्माण गरेको बताउनु भयो।

उहाँले भन्नु भयो, ‘रोजगारदाताले कामदार भेट्दैन र कामदारले चाहिँ रोजगारदाता भेट्दैन। यी दुइटाको मिसम्याच जुन छ, यो मिसम्याचलाई चाहिँ हामीले एउटा प्लेटफर्म बनाउनुपर्छ जहाँ चाहिँ दुवैजना भेटोस् र एकअर्काको जुन पदपूर्ति हुन्छ, आवश्यकता अनुसारको पदपूर्ति गरोस् भन्ने त्यही दिनबाट अठोट गरेर यस मन्त्रालयमा काम गरिरहेको अवस्था थियो।’

मन्त्री यादवले आन्तरिक रोजगारी उपेक्षित अवस्थामा रहेकाले त्यसलाई पुनर्जीवित गर्न सरकारले काम गरिरहेको बताउनु भयो।

उनहाँले भन्नु भयो, ‘युवाहरूलाई आफ्नै देशमा अवसरको खोजी होस् भन्ने भिजनका साथ हामीले आन्तरिक रोजगारीको लागि हामीले काम गर्न सुरु गर्यौं। तर विडम्बना मैले के पाएँ भने, २०७१ सालमा राष्ट्रिय रोजगार नीति बनेको तर त्यो नीतिलाई कार्यान्वयन गर्नको लागि ऐन, नियमावली, कार्यविधि र निर्देशिका कुनै पनि छैन, नभएको अवस्था हो।’

उहाँका अनुसार राष्ट्रिय रोजगार नीति २०८३ को सैद्धान्तिक सहमति विभिन्न मन्त्रालयबाट लिइसकिएको छ। उक्त नीति मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको उहाँले बताउनु भयो। राष्ट्रिय रोजगार ऐनका लागि पनि सहमति लिएर मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको उहाँको भनाइ छ।

 

मन्त्री यादवले भन्नु भयो, ‘साथसाथै हामीले १२ वटा फ्ल्यागसिप प्रोग्रामहरू, कार्यक्रमहरू रोजगारीका कार्यक्रमहरू हामीले यसै वर्ष लन्च गर्ने गरी पनि तयारी गरेका छौं। र यसै क्रममा चाहिँ हामीले रोजगारीको सिर्जनाका लागि चाहिँ जब म्याचिङको लागि चाहिँ हामीले सम्माननीय प्रधानमन्त्रीज्यूसामु यही वर्ष चाहिँ १ लाख व्यक्तिलाई जब म्याचिङका मार्फत चाहिँ हामी रोजगारमा जोड्ने छौं भनेर कार्यसम्पादन मूल्यांकन जुन हुन्छ, त्यो सम्झौता गरेका छौं।’

उहाँले सीप तथा रोजगार मेलामार्फत रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिलाई एउटै प्लेटफर्ममा ल्याउने उद्देश्य रहेको बताउनु भयो।

‘यो चाहिँ एउटा युवाले त्यहाँ छिर्दै गर्दा उहाँ आफ्नो आफूभित्र भएका स्किल्सहरू, आफूभित्र भएका पोटेन्सियलहरू कुन चाहिँ रोजगारदातासँग म्याच हुन्छ, त्यो म्याच गराउने अपर्चुनिटी पाउँछ। साथसाथै मोटिभेसन पनि पाउँछ, काउन्सिलिङ पाउँछ, करिअर सर्भिसेजहरू पनि पाउँछ,’उहाँले भन्नु भयो।

मन्त्री यादवले मेलामा एआई, ईभी रिपेयरिङ, एसी रिपेयरिङलगायत छोटो अवधिका सीपमूलक तालिमको व्यवस्था गरिने बताउनु भयो।

उहाँले भन्नुभयो, ‘त्यहीँ सम्भव, त्यहीँ ७ दिनभित्र सम्भव हुने सर्ट–टर्म कोर्सेसहरू, त्यहीँ सीप सिकाउँछौं, जस्तै एआईको कुराहरू, ईभीको कुराहरू, एसी रिपेयरको कुराहरू, बेसिक कोर्सेसहरू चाहिँ हामी त्यहीँ, इन्ट्रोडक्टरी कोर्सेसहरू त्यहीँ सिकाउँछौं।’

 

मेलामा रोजगारदाताहरूले आफ्नै नीतिअनुसार कामदार छनोट गर्ने र सरकारले रोजगारदाता तथा रोजगारी खोज्ने व्यक्तिबीच भेट गराउने प्लेटफर्म मात्र उपलब्ध गराउने उहाँले स्पष्ट र्पााु भयो ।

मन्त्री यादवले मेलामा सहभागी उद्योग तथा व्यवसायीबाट रोजगारीका लागि हजारौँ भ्याकेन्सीको माग आएको बताउनु भयो।

‘मोटामोटी अब संख्याको अहिलेसम्म हिसाब चाहिँ अब कलेक्सन भइनै राखेको छ, तर मलाई लाग्छ उहाँहरूको डिमान्ड ह्युज नै छ। अब त्यो कति चाहिँ कलेक्ट भा’छ, त्यसको चाहिँ जानकारी पक्कै पनि पछि दिनेछौं सबै फाइनल भइसकेपछि, तर यो हजारौंमा छ, अहिलेसम्म बुझ्दाखेरि हजारौंमा छ,’ उहाँले भन्नु भयो।

मन्त्री यादवले सीप तथा रोजगार मेलालाई एक वर्षमा सीमित नगरी हरेक वर्ष सञ्चालन गर्ने गरी संस्थागत गरिएको पनि बताउनु भयो।

उहाँले सरकार एक्लैले रोजगारी सिर्जना गर्न नसक्ने भन्दै निजी क्षेत्र, गैरसरकारी संस्था र अन्य क्षेत्रको समेत सहभागिता आवश्यक रहेको बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने: मन्त्री वाग्ले

काठमाडौं,७ असोज । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भुक्तानी तथा फछ्र्यौटसम्बन्धी कानुनलाई समयअनुकूल बनाउन विधेयक ल्याइएको बताउनु भयो । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा

दमक–६ बालमैत्री वडा घोषणा, यसरी बन्यो भव्य

दमक, ७ असोज । दमक नगरपालिका वडा नं. ६ बालमैत्री वडा घोषणा भएको छ।बुधबार पशुपति मन्दिरमा भव्य कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको

स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमान्डौ ,७ असोाज । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउनु

ऋण तिर्नै सरकारलाई सास्ती:नेपालको सार्वजनिक ऋण ३० खर्ब नजिक

काठमान्डौ,७ असोज । नेपाल सरकारको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नजिक पुगेको छ। चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो दुई महिनामै सार्वजनिक ऋण २९ खर्ब

बिहीबारदेखि लामो र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह

काठमाडौं,७ असोज । बिहीबारदेखि १२ असोजसम्म अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न यातायात व्यवसायीले सर्वसाधारणलाई आग्रह गरेका छन्। नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै

मधेशका किसानबाट १० हजार मेट्रिक टन धान खरिद गर्दै आरजु राइस मिल

काठमाडौं ,७ असोज। आरजु राइस मिल प्रालिले मधेश प्रदेशका किसानबाट करिब १० हजार मेट्रिक टन जिरा मसिनो वर्षे धान खरिद गर्ने योजना सार्वजनिक गरेको छ