पथरी शनिश्चरेमा ‘विद्यार्थीसँग साहित्य’ अभियान

पथरी, ७ असोज / मानिसहरुलाई सृजनशील बनाउने माध्यमका रुपमा रहेको साहित्य र कलाको थप प्रवद्र्धन गर्न विद्यालयका विद्यार्थीहरुमा त्यस सम्बन्धि प्रशिक्षणात्मक सिकाईका लागि मोरङको पथरी शनिश्चरेमा अभियान अघि बढाइने भएको छ ।

 

पथरी शनिश्चरे नगरपालिकाको उपसमितिका रुपमा रहेको ‘कला साहित्य प्रवद्र्धन समिति’ले नगरका सामुदायिक र संस्थागतगरि सबै विद्यालयका विद्यार्थीका लागि ‘विद्यार्थीसँग साहित्य’ कार्यक्रम तय गरेको छ । विशेषगरी सृजनाको जग साहित्य भएकाले विद्यार्थीको समग्र सिकाईमा थप उर्जा प्रदान गरेर सृजनशील बन्ने प्रेरणामा कम्तिमा ३ महिने अवधिको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने निर्णय भएको समिति अध्यक्ष धनराज राई (अमीर)ले जनाउनु भयो ।

 

साहित्य सिक्न इच्छुक विद्यार्थीहरुको संख्या असोज २३ गतेभित्रमा विद्यालयहरुले समितिमा पठाइसक्नेगरिको पत्राचार गरिएको छ । विद्यालयमा हुने साप्ताहिक रुपको अतिरिक्त क्रियाकलापसँग जोडेर साहित्य सम्बन्धि प्रशिक्षात्मक कार्यक्रम तय गरिएको ‘विद्यार्थीसँग साहित्य’ कार्यक्रम व्यवस्थापन तथा सञ्चालन समिति संयोजक गणेश बाछाना राईले जनाउनु भयो । ‘मानिसहरु पैसामा मात्र केन्द्रित बन्न थालेको परिवेशमा साहित्य र कलाको क्षेत्रमा नयाँ पुस्तालाई प्रोत्साहित गर्र्दै सृजनशील समाज निर्माणको उद्धेश्य राखेर कार्यक्रम तय गरिएको छ ।’– उहाँले प्रष्ट्याउनु भयो ।
साहित्य सिक्न इच्छुक विद्यार्थीको संख्या यकिन भएपछि संख्याका आधारमा विभिन्न स्थानमा एकत्रित गरेर दशैं सकिएपछि प्रशिक्षण अघि बढाइने छ । कार्यक्रम व्यवस्थापन र सञ्चालनका लागि समिति सल्लाहकार राईको संयोजकत्वमा अर्का सल्लाहकार भूपेन्द्रराज तिम्सिना र समिति सचिव लक्ष्मीप्रसाद फुयाल सदस्य रहेको उपसमिति गठन गरिएको छ ।

 

समिति सल्लाहकार तिम्सिनाको संयोजकत्वमा सर्जकहरु रोहित पराई र सुमन राई सदस्य रहेको साहित्यिक पाठ्यक्रम निर्माण समितिमार्फत पाठ्यक्रम तय गरेको छ । समितिले विषयमा पोख्त सर्जकहरुबाट प्रशिक्षण गराउनेछ । कविता, रुबाइ, गजलबाट लेखनको अभ्यास थालिने छ ।
नगरपालिका कार्यालयले समितिलाई साहित्य र कलाका गतिविधिमा वर्षेनी रकम विनियोजन गर्दै आएको छ । पथरी शनिश्चरे साहित्य र कलाका गतिविधिमा सक्रिय नगर हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा