शिक्षिकाको निधनमा विद्यालयबाट ६५ हजार सहयोग

पथरी, ९ असोज / मोरङको पथरी शनिश्चरे १ स्थित पञ्चायत माविकी शिक्षिका शान्तिदेवी गौतम न्यौपानेको निधनमा विद्यालयले उहाँका परिवारलाई ६५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

 

उच्च रक्तचापको समस्याका कारण असोज २ गते ५५ वर्षको उमेरमा निधन हुनु भएकी न्यौपानेको स्मृतिमा आज विद्यालय आधा दिनमात्र सञ्चालन गरेर विद्यार्थीहरुको समेत सहभागितामा श्रद्धाञ्जलीसभा गरिएको थियो । त्यसपछि लगत्तै उहाँको घरमा पुगेर नगदसहित समवेदनापत्र हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष डम्बरबहादुर राई, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णप्रसाद तिम्सिना र विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीकासाथै समितिका पदाधिकारी, शिक्षक, कर्मचारीसहितको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।

 


बाल शिक्षकका रुपमा रहनु भएकी न्यौपानेको निधनमा दुःख व्यक्त गर्दै बाल विकास शिक्षक संघर्ष समितिले ८ हजार रकम सहयोग प्रदान गरेको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर कमिटीले पनि एकसाथ समवेदनापत्र प्रदान गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा

दक्षिण सुडानमा नेपाली सोनाको १६औँ चोटी फेरबदल

काठमाडौं ,२९ असोज । संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको टोली फेरबदल भएको छ । नेपाली सेनाको जनसम्पर्क