मौसम खबर

तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

 

काठमाडौं । १० असोज |  नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी वर्षाको प्रभावमा आधारित मौसम पूर्वानुमान जारी गरेको छ ।

पूर्वानुमानअनुसार प्युठान जिल्लाका माण्डवी र सरुमारानी गाउँपालिका, जाजरकोट जिल्लाका नलगाड र बारेकोट तथा बझाङ जिल्लाका केदारस्यूँ र थलारा गाउँपालिकामा भारी वर्षाको प्रभाव पर्न सक्ने जनाइएको छ ।

सम्बन्धित पालिकाका बासिन्दालाई मौसमको अवस्था र जारी हुने थप सूचनाबारे सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढ्यो, ४३ ढोका खोलिए

सुनसरी |१० असोज| कोशी ब्यारेजमा पानीको बहाव अत्यधिक बढेको छ। अहिले बिहानको  विवरणअनुसार ब्यारेजमा ३ लाख १६ हजार ७ सय ९५ क्युसेक पानीको बहाव मापन

तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान

  काठमाडौं । १० असोज |  नेपाल मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते बिहानसम्म लागू हुने गरी तीन जिल्लाका विभिन्न पालिकामा भारी