हुम्लाको उत्तरी क्षेत्रमा असोजमै हिमपात : हिल्सा र न्यालु क्षेत्र सेताम्मे, आवतजावत प्रभावित

हुम्ला , असोज १० । हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को हिल्सा, न्यालुलगायत उच्च क्षेत्रमा शुक्रबार साँझदेखि हिमपात भइरहेको छ । जिल्लामा शुक्रबार बिहानदेखि सुरु भएको वर्षाका कारण साँझदेखि उच्च भूभागमा हिमपात भइरहेको छ । चीनसँगको सिमानाका हिल्सामा होटल व्यवसाय गर्दै आएकी स्थानीय लामु लामाका अनुसार हिल्सा, न्यालु, नारा लेखलगायत उच्च स्थानमा शनिबार बिहान पनि हिमपात भइरहेको छ । अहिले हिल्सामा करिब एक फिटसम्म हिउँ जमेको छ । हिल्सामा हिउँ परिरहेका कारणा आवतजावतमा गर्न समस्या भएको लामाको भनाइ छ ।

पाँच हजार मिटर उचाइका अग्ला क्षेत्रमा हिमपात हुँदा उत्तरी हुम्लामा चिसो अचानक अत्यधिक बढेको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए । सुरुमा पानी परिरहेको थियोे, अहिले हिमपात भइरहेको छ । हिमपात हुँदा चिसो अत्यधिक बढेको प्रमुख जैसिले बताए । यस्तै सदरमुकाम सिमकोट नजिकैका बोक्सी हिमाल, पञ्चमुखी, रलिङ हिमाल र चाङ्ला क्षेत्रमा पनि हिमपात भएको छ । यो वर्षको पहिलो हिमपात भएको हो । गत वर्ष असोज २४ गते पहिलो हिमपात भएको थियो, भने यो वर्ष असोजको पहिलो साता ९ गते हिमपात भएको हो ।  शुक्रबारदेखि हिमाली जिल्ला हुम्लामा निरन्तर वर्षा र हिमपात भएपनि हालसम्म क्षति भने अहिलेसम्म नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

Beste Casino Bonus Codes 2026 in Deutschland

Mit einem No Deposit Bonus können Sie im Online Casino spielen und lussurio casino bonus Echtgeld gewinnen, ohne Ihr eigenes Geld zu riskieren. Wenn Sie

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।