दमकमा ज्येष्ठ अभिभावक सेवा समाजको अध्यक्षमा पुनः अमृत विष्ट

ज्येष्ठ नागरिकको सुरक्षाका क्षेत्रमा गर्दै आएका गतिविधि र कामको प्रशंसा

 

दमक, ११ असोज । ‘ज्येष्ठ अभिभावकहरू समाजका साहारा, युवाहरू अभिभावकका भरोसा’ भन्ने नारासहित दमकमा स्थापित ज्येष्ठ अभिभावक सेवा समाजको अध्यक्षमा चौथो कार्यकालका लागि पुनः अमृत विष्ट चयन हुनुभएको छ।

शनिबार दमकस्थित पशुपति मन्दिरमा सम्पन्न समाजको तेस्रो वार्षिक साधारणसभाले अध्यक्षसहित अन्य पदाधिकारीलाई पनि पुनः चयन गरेको हो।

 

सभाबाट उपाध्यक्षमा भूपेन्द्र न्यौपाने, सचिवमा गंगा सुव्वा र सहसचिवमा तुलसा सिग्देल बस्नेतलाई जिम्मेवारी दिइएको छ। यस्तै, कोषाध्यक्षमा रमेशचन्द्र गौतम चयन हुनुभएको अध्यक्ष विष्टले जानकारी दिनुभयो।

 

यसअघि ९ सदस्यीय कार्यसमिति रहेकोमा यसपटक ११ सदस्यीय नगर समिति बनाइएको छ। समितिका सदस्यहरूमा नवीन पाठक, खगेन्द्रप्रसाद वास्तोला, तृप्ता ढकाल, राधिका कार्की, अम्बरकुमार र तोयानाथ ढकाल रहनुभएको छ।

 

यसैगरी, शनिबार सम्पन्न वार्षिक साधारणसभाका अवसरमा उत्कृष्ट वडाका रूपमा दमकको वडा नम्बर ४ लाई सम्मान गरिएको छ। दमकका १० वटै वडामा आफ्नो शाखा विस्तार गरेको समाजले आजीवन सदस्य विस्तारमा उत्कृष्ट योगदान गरेको भन्दै वडा नम्बर ४ समितिलाई सम्मानपत्रसहित सम्मान गरेको हो।

 

समाजले विभिन्न समिति तथा उपसमितिका संयोजक र अध्यक्षहरूलाई समेत आ–आफ्नो क्षेत्रबाट ज्येष्ठ नागरिकको सेवा तथा समाजका गतिविधिलाई चुस्त बनाउन योगदान गरेको भन्दै सम्मान गरेको छ। समाजले दमकका १० वटै वडाबाट उत्कृष्ट सामाजिक कार्य गर्ने १० जना सामाजिक व्यक्तित्वलाई समेत सम्मान गरेको छ।

 

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रामकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। उहाँले समाजले ज्येष्ठ नागरिकको सुरक्षाका क्षेत्रमा गर्दै आएका गतिविधि र कामको प्रशंसा गर्नुभयो।

 

कार्यक्रममा समाजका अध्यक्ष अमृत विष्टले समाजले ज्येष्ठ नागरिकको क्षेत्रमा गरेका गतिविधि तथा कामका बारेमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

 

यस्तै, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईंले राज्यका तर्फबाट ज्येष्ठ नागरिकलाई जुन प्रकारको सेवा प्रदान गर्नुपर्ने हो, त्यो काम समाजले गरिरहेको भन्दै प्रशंसा गर्नुभयो।

 

कार्यक्रममा समाजका विभिन्न वडाका अध्यक्षहरूले आ–आफ्ना गतिविधि प्रस्तुत गरेका थिए। उनीहरूले समाजले ज्येष्ठ नागरिकको क्षेत्रमा गरेका काम तथा समाजको आवश्यकता र औचित्यका बारेमा धारणा राखेका थिए।

 

यसअघि स्वागत मन्तव्य राख्दै समाजका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले समाजको औचित्यका बारेमा प्रकाश पार्नुभएको थियो।

विभिन्न सांस्कृतिक प्रस्तुति, भजन–कीर्तनसहित समाजको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा