काठमाडौं , असोज ११। मनाङको नासोँ गाउँपालिका–१ स्थित ताल गाउँमा मस्र्याङ्दी नदीको बहाव गाउँतर्फ पस्दा बस्ती डुबानमा परेको छ । विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएपछि ताल गाउँभन्दा माथिल्लो क्षेत्रसँग सम्पर्क हुन सकेको छैन ।नासोँ गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङका अनुसार मस्र्याङ्दी नदीको बहाव अस्वाभाविक रूपमा बढेपछि पुल आसपासको क्षेत्रमा पानीको निकास अवरुद्ध भएको थियो । त्यसपछि नदीको बहाव फर्किएर गाउँभित्र पसेको हो ।
उहाका अनुसार प्रारम्भिक जानकारीअनुसार ताल गाउँका चारदेखि पाँच घरधुरी प्रभावित भएका छन् । थप क्षतिको विवरण भने अझै आउन सकेको छैन । विद्युत् र सञ्चार सेवा अवरुद्ध भएकाले ताल गाउँभन्दा माथिल्लो बस्तीको अवस्थाबारे जानकारी लिन कठिन भएको अध्यक्ष गुरुङले बताए । त्यहाँ रहेका स्थानीयसँग सम्पर्क हुन नसकेकाले थप क्षतिको यकिन विवरण आउन बाँकी रहेको उहाले बताउनुभयो ।नासोँ गाउँपालिका मनाङको लमजुङसँग जोडिएको दक्षिणी प्रवेश क्षेत्र भएकाले अहिले उपलब्ध जानकारी ताल गाउँसम्म सीमित रहेको गाउँपालिकाले जनाएको छ । माथिल्लो क्षेत्रको अवस्था बुझ्न प्रयास भइरहेको छ ।









