मलेसियामा न्यूनतम तलब ३ हजार १०० रिंगिट पुर्‍याउने प्रस्ताव, ४ लाखभन्दा बढी नेपाली लाभान्वित हुन सक्ने

सरकारले उत्पादकत्व वृद्धि, श्रमिकको सीप विकास तथा राम्रो पारिश्रमिक सुनिश्चित गर्ने

 

क्वालालम्पुर । ११ असोज । मलेसियामा कार्यरत ४ लाखभन्दा बढी नेपाली श्रमिकको पारिश्रमिक बढ्न सक्ने गरी न्यूनतम तलब वृद्धि गर्ने प्रस्ताव अघि सारिएको छ।

 

मलेसियन ट्रेड्स युनियन कंग्रेस, एमटीयूसीले सन् २०२७ को बजेटमार्फत न्यूनतम मासिक तलब ३ हजार १०० मलेसियन रिंगिट पुर्‍याउन माग गरेको हो।

 

हाल मलेसियामा लागू न्यूनतम मासिक तलब १ हजार ७०० रिंगिट छ। एमटीयूसीको प्रस्ताव कार्यान्वयन भए न्यूनतम तलबमा १ हजार ४०० रिंगिटसम्म वृद्धि हुनेछ।

 

मलेसिया सरकारको २०२७ को बजेटमा पनि श्रमिकको कल्याण र मर्यादित पारिश्रमिकलाई प्राथमिकतामा राखिएको छ। सरकारले उत्पादकत्व वृद्धि, श्रमिकको सीप विकास तथा राम्रो पारिश्रमिक सुनिश्चित गर्ने विषयलाई बजेटका प्राथमिकतामध्ये समेटेको छ।

 

मलेसियाको मानवअधिकार आयोग SUHAKAM का अनुसार अहिले मलेसियामा करिब ४ लाख नेपाली श्रमिक कार्यरत छन्।

मलेसियाको २०२७ को बजेट आगामी अक्टोबर ९ मा संसदमा प्रस्तुत हुँदैछ। त्यसबाट न्यूनतम तलबसम्बन्धी अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ।

 

मलेसिया नेपाली श्रमिकका लागि प्रमुख वैदेशिक रोजगार गन्तव्य हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा