दमक, १२ असोज। झापाको कमल गाउँपालिकामा नेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलन सन् २०२७ मा आयोजना हुने भएको छ। कमलनगर जेसीजको आतिथ्यतामा सम्मेलन आयोजना गर्न आवश्यक बिडिङ प्रक्रिया पूरा भएपछि कमलमा सम्मेलन हुने औपचारिक घोषणा गरिएको हो।चारआली जेसीजको आतिथ्यतामा असोज ९ र १० गते सम्पन्न सन् २०२६ को क्षेत्र ‘क’ सम्मेलनका क्रममा कमलनगर जेसीजले बिडिङ प्रस्तुत गरेको थियो। कमलनगर जेसीजका अध्यक्ष देवराज भण्डारी ‘महेश’ले सम्मेलनले युवाको नेतृत्व तथा व्यक्तित्व विकाससँगै कमलका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो।सम्मेलनमा क्षेत्र ‘क’ अन्तर्गतका विभिन्न जेसीज शाखाका युवाको सहभागिता रहने आयोजकले जनाएको छ।

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि
विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।









