ऐन कार्यान्वयन नहुँदा जनताले अस्वस्थकर मासु खानुपर्ने बाध्यता हटाइने : कृषिमन्त्री

काठमाडौं , असोज १२। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु बधशाला तथा मासु जाँचसम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।कृषि मन्त्रालयमा स्थानीय तहका प्रमुखहरूसँग पशु बधशालासम्बन्धी ऐन कार्यान्वयनका विषयमा भएको छलफलमा मन्त्री चौधरीले कानुनमा रहेका रिक्तता पहिचान गर्नुका साथै विद्यमान कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । उहाले कृषि मन्त्रालयको काम प्रत्यक्ष रूपमा उपभोक्तासँग जोडिने भएकाले उपभोक्ताले स्वस्थकर मासु उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न सरकार अघि बढिरहेको बताउनुभयो ।‘कति कानुनमा हामीले ग्याप देखेका छौं । कति कानुन भएर पनि कार्यान्वयन नहुँदा जनताले दुःख पाइरहेको अवस्था छ,’ उहाले भन्नुभयो , ‘कानुन लागू नभएको र कार्यान्वयन नभएको कारणले उपभोक्ताले अस्वस्थकर मासु खानुपर्ने बाध्यता छ, हटाउनुपर्छ ।’

मन्त्री चौधरीका अनुसार पशु बधशाला तथा मासु जाँचसम्बन्धी ऐन २०५५ मा जारी भएको थियो । उक्त व्यवस्था हेटौंडामा २०६० सालमा, सुर्खेतमा २०८० सालमा र बुटवलमा २०८१ सालमा केही पशु बधशालामा लागू गरिएको थियो । तर, हालसम्म देशभर पूर्णरूपमा प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।उहाले पशु बधशाला सञ्चालनलाई देशभर विस्तार गर्नुपर्नेमा जोड दिँदै यसबाट जनस्वास्थ्य संरक्षणसँगै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने बताउनुभयो ।‘देशभर यो व्यवस्था लागू गर्न आवश्यक छ । जनस्वास्थ्यको संरक्षण र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन पशु बधशाला महत्वपूर्ण छ,’ उहाले भन्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक