झापामा अव्यवस्थित बसोबासीलाई लालपुर्जा, कहाँ र कति ? विवरण हेरौ

वितरण गरिएको लालपुर्जा अन्तर्गत कुल १ बिघा ६ कट्ठा ६ धुर जमिन औपचारिक रूपमा बसोबासीको नाममा कायम ग

झापा, असोज १३। भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थित शान्तिनगरका २६ अव्यवस्थित बसोबासी तथा परिवारलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ।

 

भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले संयुक्त रूपमा लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गर्नुभएको हो। वितरण गरिएको लालपुर्जा अन्तर्गत कुल १ बिघा ६ कट्ठा ६ धुर जमिन औपचारिक रूपमा बसोबासीको नाममा कायम गरिएको छ।

 

प्रमुख जिल्ला अधिकारी पोखरेलले सरकारले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणलाई प्राथमिकतामा राखेको बताउनु भयो।

 

उहाँका अनुसार बुद्धशान्ति गाउँपालिकामा भूमिहीन दलित परिवार ३९ र भूमिहीन सुकुम्बासी परिवार १४८ रहेकोमा प्रमाणीकरणको कार्य अघि बढिरहेको छ।

 

उहाँले पहिलो चरणमा अव्यवस्थित बसोबासीलाई मात्रै लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो।

 

भूमिहीन दलित तथा सुकुम्बासीको प्रमाणीकरणको सम्पूर्ण प्रक्रिया पूरा भएपछि उनीहरूलाई समेत लालपुर्जा वितरण गरिने जिल्ला समितिले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यस्तो छ कारण, अमेरिका र क्यानाडाबिच तनाब चुलियो

काठमाडौँ, १३ असोज । अमेरिका र क्यानाडाबिच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति

तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको उपचारका क्रममा मृत्यु

विराटनगर ,१३ असोज। तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति विराटनगर–६ सरोचियास्थित

कच्चा तेलमा लाग्ने आयात शुल्क घटाउदै भारत, नेपाली अर्थतन्त्रमा पर्छ यस्तो असर

काठमाडौं ,१३ असोज। नेपालबाट भारततर्फ हुने प्रशोधित खाद्य तेलको निर्यातमा भारतले गरेको पछिल्लो भन्सार शुल्क कटौतीले नेपाली उद्योगको प्रतिस्पर्धात्मक लाभ घटाउने जोखिम बढाएको छ ।

‘टन्सिलाइटिसलाई सामान्य नठानौँ, मुटुमा असर पर्नसक्छ’:मुटुरोग विशेषज्ञ

काठमाडौँ,१३ असोज । मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बालबालिकामा पटक–पटक हुने टन्सिलको संक्रमणको समयमै उपचार नगरे मुटुको भल्भमा गम्भीर असर पर्न सक्ने बताउनु भएको छ।

किन धकेलियो कांग्रेसको महाधिवेशन?

काठमाडौं ,१३ असोज। नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ । महाधिवेशन यही असोज १८ गतेका लागि सारिएको हो । असोज १६–१९ मा काठमाडौंमा