झापामा अव्यवस्थित बसोबासीलाई लालपुर्जा, कहाँ र कति ? विवरण हेरौ

वितरण गरिएको लालपुर्जा अन्तर्गत कुल १ बिघा ६ कट्ठा ६ धुर जमिन औपचारिक रूपमा बसोबासीको नाममा कायम ग

झापा, असोज १३। भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थित शान्तिनगरका २६ अव्यवस्थित बसोबासी तथा परिवारलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ।

 

भूमि समस्या समाधान समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल र बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले संयुक्त रूपमा लाभग्राहीलाई लालपुर्जा हस्तान्तरण गर्नुभएको हो। वितरण गरिएको लालपुर्जा अन्तर्गत कुल १ बिघा ६ कट्ठा ६ धुर जमिन औपचारिक रूपमा बसोबासीको नाममा कायम गरिएको छ।

 

प्रमुख जिल्ला अधिकारी पोखरेलले सरकारले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरणलाई प्राथमिकतामा राखेको बताउनु भयो।

 

उहाँका अनुसार बुद्धशान्ति गाउँपालिकामा भूमिहीन दलित परिवार ३९ र भूमिहीन सुकुम्बासी परिवार १४८ रहेकोमा प्रमाणीकरणको कार्य अघि बढिरहेको छ।

 

उहाँले पहिलो चरणमा अव्यवस्थित बसोबासीलाई मात्रै लालपुर्जा वितरण गरिएको जानकारी दिनुभयो।

 

भूमिहीन दलित तथा सुकुम्बासीको प्रमाणीकरणको सम्पूर्ण प्रक्रिया पूरा भएपछि उनीहरूलाई समेत लालपुर्जा वितरण गरिने जिल्ला समितिले जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा

धरानको बरगाछीमा झैझगडा गर्ने ४ जना पक्राउ

धरान ,२९ असोज । धरान उपमहानगरपालिका–८ स्थित बरगाछी चोकमा झैझगडा गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानका अनुसार गएराति संखुवासभाको

न्यायाधीश बम हत्याका फरार सुटर बाबु हतियार सहित पक्राउ

सर्लाही,२९ असोज । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बम हत्याका मुख्य योजनाकार तथा फरार प्रतिवादी बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। कारागारबाट भागेर विगत

नुवाकोटको नयाँ झोलुङ्गे पुल सञ्चालनमा

नुवाकोट,२९ असोज । नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुल औपचारिक रूपमा उद्घाटन नहुँदै सञ्चालनमा आएको छ । दशैंमा घर फर्किने यात्रु तथा