तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको उपचारका क्रममा मृत्यु

विराटनगर ,१३ असोज। तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ ।

सोमबार राति विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले कोइरालासहित आठ जनालाई पक्राउ गरेको थियो । पक्राउपछि उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको थियो ।

मंगलबार बिहान करिब साढे ७ बजे हिरासतमा रहेका अन्य व्यक्तिहरूले चिया खान उठाउन खोज्दा कोइराला नबोलेपछि अचेत अवस्थामा रहेको थाहा भएको प्रहरीले जनाएको छ । उनलाई तत्काल कोशी अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल शिक्षण अस्पताल रेफर गरिएको थियो ।

नोबेल शिक्षण अस्पतालमा उपचारकै क्रममा बिहान करिब ११ बजे चिकित्सकले कोइरालालाई मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले उपचारका क्रममा उनको मृत्यु भएको जानकारी दिए ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सोमबार राति प्रहरीको गस्ती टोली उक्त घरमा पुग्दा त्यहाँ भागदौड भएको थियो । प्रहरी आएको भन्दै होहल्ला भएपछि भाग्ने क्रममा कोइराला लडेको उनले बताएका छन् । प्रहरीका अनुसार यसअघि सडक दुर्घटनामा परी कोइरालाको टाउकोको शल्यक्रियासमेत गरिएको थियो ।

प्रहरी छल्न खोज्दा अर्का व्यक्ति घाइते
सोही क्रममा प्रहरीलाई छल्न घरको दुई तलामाथिबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घाइते भएका छन् । एम्बुलेन्स चालकसमेत रहेका मुखियाको हामफाल्ने क्रममा दाहिने खुट्टा भाँचिएको प्रहरीले जनाएको छ ।

उनको विराटनगरस्थित श्री अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मुखियाको अवस्था खतरामुक्त रहेको छ ।
सोमबार राति करिब साढे ११ बजे भएको कारबाहीका क्रममा प्रहरीले घटनास्थलबाट तास र नगद ४८ हजार ३९५ रुपैयाँ बरामद गरेको थियो ।

घटनामा पक्राउ परेकामध्ये कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ भने मुखिया घाइते अवस्थामा अस्पतालमा उपचाररत छन् । अन्य छ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

हिरासतमा रहेका व्यक्तिहरूमा धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी र ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल तथा ४३ वर्षीय विष्णु कामत रहेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित

दमक नगरपालिकामा फारम भर्न र निवेदन लेख्न अब शुल्क नलाग्ने

दमक । १३ असोज | दमक नगरपालिकामा कार्यालयसँग सम्बन्धित फारम भर्ने र निवेदन लेख्न अब सेवाग्राहीले शुल्क तिर्नु नपर्ने भएको छ। नगरपालिकाले सेवाग्राहीलाई आवश्यक सहयोग

इटहरीका १५ सहकारीलाई ३५ दिनको अल्टिमेटम, नत्र खारेजीसम्मको चेतावनी

इटहरी ,१३ असोज। लामो समयदेखि आवश्यक विवरण तथा कागजात नबुझाई निष्क्रियजस्तै रहेका १५ वटा सहकारी संस्थालाई इटहरी उपमहानगरपालिकाले ३५ दिनभित्र संस्था अद्यावधिक गर्न अल्टिमेटम दिएको

कांग्रेसको अधिवेशनबाट ४४ हजार युवा नेतृत्वमा, करिब एक लाखको प्रतिस्पर्धा

काठमाडौं,१३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भइरहेका विभिन्न तहका अधिवेशनबाट झन्डै ४४ हजार युवा पार्टीको पदीय जिम्मेवारीमा पुगेका छन्। करिब एक लाख युवाले विभिन्न

यस्तो छ कारण, अमेरिका र क्यानाडाबिच तनाब चुलियो

काठमाडौँ, १३ असोज । अमेरिका र क्यानाडाबिच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति

तास खेलिरहेको अवस्थामा पक्राउ परेका व्यक्तिको उपचारका क्रममा मृत्यु

विराटनगर ,१३ असोज। तास खेलिरहेको अवस्थामा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति विराटनगर–६ सरोचियास्थित