विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणको केरौन १३२र३३ केभी सबस्टेशन आयोजनाले दुहबी–दमक १३२ केभी प्रसारण लाइनमा ‘लूप इन लूप आउट’ (एलआईएलओ) कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द गर्न लागिएको हो।

प्राधिकरणका अनुसार २०८३ असोज १७ गते शनिबार र १८ गते आइतबार बिहान ४ बजेदेखि दिउँसो १२ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। दुवै दिन आठ–आठ घण्टा विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ।

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर पर्नेछ। त्यस्तै, मोरङको उर्लाबारी, पथरीलगायत आसपासका क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

निर्धारित समयभन्दा अगावै प्राविधिक काम सम्पन्न भएमा विद्युत् सेवा सोहीअनुसार छिट्टै सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ। विद्युत् आपूर्ति बन्द हुँदा ग्राहकमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै प्राधिकरणले काम सम्पन्न गर्न सहयोग तथा धैर्यधारण गरिदिन उपभोक्तालाई आग्रह गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस

कोशीको रोजगार मेला , ६ हजार पदमा कति युवाले पाउलान् रोजगारी ?

कोशी,१४ असोज ।कोशी प्रदेशमा युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला–२०८३’ बुधबारदेखि इटहरीमा सुरु भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित

विद्युत् कटौतीबाट झापा, इलाम, पाँचथर र ताप्लेजुङका सबै क्षेत्रमा असर

विर्तामोड ,१४ असोज। प्रसारण लाइनमा प्राविधिक काम गर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले झापासहित कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन दैनिक आठ घण्टा विद्युत् आपूर्ति बन्द

हिमलुङमा बेपत्ताको खोजी र पोल्यान्डका नेपाली श्रमिकको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं,१४ असोज । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका नेपालीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बुधबार

विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग’ आयोजना हुँदै

विराटनगर ,१४ असोज। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियस्तरको ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको