अविरल वर्षाले हुम्लाको हेल्दुमखोला काठेपुल भत्कियो, स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य

हुम्ला , असोज १५। लगातारको वर्षापछि हुम्लाको सिमकोट गाउँपालिका–५ स्थित हेल्दुमखोलामा रहेको काठे पुलको एक भाग भत्किएपछि कस्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ ।असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण पुलको एकपट्टिको भाग भत्किएर जीर्ण अवस्थामा पुगेको स्थानीय किसान सुनारले बताए । पुल जीर्ण भएपछि सिमकोट गाउँपालिका–१ र २ का स्थानीयवासी तथा पशुवस्तुलाई वारपार गर्न कठिन भएको उहाले बताउनुभएको छ ।स्थानीयका अनुसार काम विशेषले दैनिक सदरमुकाम सिमकोट आउजाउ गर्नुपर्ने भए पनि पुलको अवस्था जीर्ण हुँदा जोखिम मोलेर यात्रा गर्नुपरेको छ । पुलसँगै कतिपय स्थानीय खोला हुँदै समेत वारपार गर्न बाध्य भएका छन् ।ठेहेदेखि सदरमुकाम सिमकोट जोड्ने सडकका विभिन्न खण्डसमेत अवरुद्ध भएपछि स्थानीयको आवतजावत थप प्रभावित भएको छ । लाङदु, लभ्ली डाँडा, बरगाउँ, चिचिडेनी र पैरापोरीलगायतका क्षेत्रमा पहिरो तथा ठूला ढुंगा खसेपछि सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा बिरामी, बालबालिका तथा ज्येष्ठ नागरिकलाई आवतजावतमा बढी समस्या भएको स्थानीयको गुनासो छ । सडक अवरुद्ध भएको एक साता बितिसक्दा पनि समयमै खुलाउन नसकिएको उहाहरुको भनाइ छ । सिमकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर बुढाका अनुसार सदरमुकामदेखि वडा नम्बर १ र २ जोड्ने अवरुद्ध सडक खुलाउने काम बुधबारदेखि सुरु भएको छ । उहाका अनुसार गाउँपालिका–३ बुराउँसे क्षेत्रमा पनि वर्षाका कारण अवरुद्ध सडक जेसीभी प्रयोग गरेर खुलाउने काम भइरहेको छ । पालिकाभित्र वर्षाका कारण अवरुद्ध भएका छोटो दूरीका सबै सडक अबको एक–दुई दिनभित्र सञ्चालनमा ल्याउने तयारी रहेको बुढाले बताउनुभयो ।यसैबीच, लगातारको वर्षाका कारण कर्णाली करिडोरअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिकाका विभिन्न सडक खण्डसमेत अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार खार्पुनाथ गाउँपालिकाको मुसेडी र लालीबगर क्षेत्रमा सडक अवरुद्ध भएको छ । अवरुद्ध सडकमा जेसीभी परिचालन गरी यातायात सञ्चालनमा ल्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर खड्काले बताउनुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धरानमा बरामद ४७ किलो सेतो पदार्थ बारुदको घटक भएको पुष्टि

विराटनगर,२१ कार्तीक । सुनसरीको धरानमा मिनी ट्रकबाट बरामद भएको ४७ किलो सेतो ठोस पदार्थ विस्फोटक पदार्थ बनाउन प्रयोग हुने बारुदको घटक भएको पुष्टि भएको छ।

उदयपुरका १४६ भूमिहीन परिवारलाई लालपुर्जा वितरण

उदयपुर ,२१ कार्तीक। उदयपुरमा लामो समयदेखि जग्गाको कानुनी स्वामित्वबाट वञ्चित १४६ भूमिहीन परिवारले जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। जिल्लाका चार स्थानीय तहका भूमिहीन दलित

मागभन्दा उत्पादन ८०० मेगावाट बढी हुने प्राधिकरणको प्रक्षेपण

काठमाडौं ,२१ कार्तीक। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा विद्युतको अधिकतम मागभन्दा उत्पादन बढी हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन साँझ विद्युतको

यमपञ्चकको पहिलो दिनः आजै धनवन्तरी जयन्ती

काठमाडौं,२१ कार्तीक । वनजङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीन चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धनवन्तरीको उत्पत्ति भएको सम्झनामा आज धनवन्तरी जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष कार्तिक

विश्वकप छनोट प्ले–अफ नेपालमा हुने, तालिका सार्वजनिक

काठमाडौं ,२१ कार्तीक। आईसीसी विश्वकप छनोट प्ले–अफ नेपालमा हुने भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार प्रतियोगिता आउँदो डिसेम्बर ४ तारिख अर्थात् मंसिर १८ गतेदेखि

पाथीभराबाट देखियो मकालु हिमाल

ताप्लेजुङ ,२१ कार्तीक। ताप्लेजुङस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभराबाट देखिएको मकालु हिमालको चुचुरो । मकालु हिमाल विश्वको पाँचौँ र नेपालको चौथो अग्लो हिमाल हो । समुद्र

अन्य जिल्लाको नागरिकताको प्रतिलिपि अब सर्लाहीबाटै पाइने

सर्लाही,२१ कार्तीक । अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका व्यक्तिले अब सर्लाहीबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन सक्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय सर्लाहीले शुक्रबार एक