विपन्न, ज्येष्ठ नागरिक र विद्यार्थीलाई थुलुङ डेन्टलको निःशुल्क सेवा

दमक,२३ असोज । आर्थिक अभावका कारण दन्त उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दमकस्थित थुलुङ डेन्टलले ७० वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न व्यक्ति तथा विद्यार्थीलाई निःशुल्क दन्त जाँच सेवा उपलब्ध गराउँदै आएको छ।दमक–६, फर्निचर लाइनस्थित डेन्टलकी दन्त चिकित्सक डा. सोफिया थुलुङले शुक्रबार दमकका सकृय सन्चारकर्मीसग कुरा गर्दै आर्थिक कठिनाइका कारण दाँतको समस्या लुकाएर बस्नुपर्ने अवस्थालाई कम गर्न यस्तो पहल गरिएको बताउनुभयो।

 

उहाँका अनुसार दाँतको समस्यालाई बेवास्ता गर्दा स्वास्थ्यमा थप जटिलता आउन सक्छ। त्यसैले समयमै जाँच गराउने र चिकित्सकको परामर्शअनुसार उपचार गर्ने बानी आवश्यक छ। डा. थुलुङले दन्त उपचारबारे रहेका भ्रम र आकर्षक विज्ञापनका आधारमा निर्णय गर्ने प्रवृत्तिप्रति सचेत रहन पनि आग्रह गर्नु भएको छ। उपचारको आवश्यकता, प्रक्रिया र खर्चबारे बुझेर मात्रै निर्णय लिनुपर्ने उहाँको सुझाव छ।

‘आर्थिक अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हाम्रो प्रयास हो,’ उहाँले भन्नुभयो। थुलुङ डेन्टलमा दुई जना पूर्णकालीन दन्त चिकित्सकसहित आधा दर्जन विशेषज्ञ कार्यरत रहेको उहाँले जानकारी दिनुभयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विपन्न, ज्येष्ठ नागरिक र विद्यार्थीलाई थुलुङ डेन्टलको निःशुल्क सेवा

दमक,२३ असोज । आर्थिक अभावका कारण दन्त उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दमकस्थित थुलुङ डेन्टलले ७० वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न व्यक्ति तथा विद्यार्थीलाई निःशुल्क

मतदानको समय बेलुका ७ बजेसम्म थप

काठमाडौं,२३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज शुक्रबार बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान शुक्रबार बिहान ७ बजेदेखि मात्रै

काठमाडौँ ,२२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै शुरू हुने भएको छ। खराब मौसम र

रटेको ज्ञान होइन, सिकाइ मापन गर्ने परीक्षा प्रणाली आवश्यक छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ ,२२ असोज। शिक्षा तथा खेलकुद मन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विश्वविद्यालयको शैक्षिक सुधारका लागि निश्चित शैक्षिक क्यालेन्डर, सुशासन र प्रविधिको उच्चतम प्रयोग