मानसिक स्वास्थ्य सम्बन्धी ऐन ल्याउने सरकारको तयारी

काठमाडौं,२६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र नागरिकको पहुँचमा पुर्याउन सरकारले आवश्यक कानुनी आधार निर्माणलाई प्राथमिकता दिएको बताउनु भएको छ ।‘नेपालमा मानसिक स्वास्थ्यः सर्वोच्च अदालतको परमादेश तथा निर्देशनात्मक आदेशको कार्यान्वयन अवस्था’ विषयक कार्यक्रममा बोल्दै मन्त्री मेहताले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित भइसकेको र त्यसकै आधारमा मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाइने जानकारी दिइनु भएको छ।

 

उहाँले भन्नु भयो, ‘मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानुनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ । यसै सन्दर्भमा मानसिक स्वास्थ्यसम्बन्धी अवधारणा पत्र मन्त्रिपरिषदबाट पारित भइसकेको छ । अब यसैका आधारमा मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको काम अघि बढाइने छ । यसले सेवाग्राहीको अधिकार सुनिश्चित गर्दै नागरिकको पहुँचमा गुणस्तरीय मानसिक स्वास्थ्य सेवा पु¥याउन महत्त्वपूर्ण आधार तयार गर्नेछ ।’उहाँले मानसिक स्वास्थ्यलाई स्वास्थ्य क्षेत्रको मात्र विषयका रूपमा नभई व्यक्ति, परिवार, समाज र समग्र जीवनसँग जोडिएको महत्त्वपूर्ण विषयका रूपमा बुझ्नुपर्ने बताउनु भयो।शारीरिक स्वास्थ्यमा समस्या देखिँदा उपचार खोज्ने प्रवृत्ति रहेपनि मानसिक स्वास्थ्यमा समस्या हुँदा अझै पनि धेरै मानिस खुलेर बोल्न र सहयोग माग्न हिचकिचाउने गरेको उहाँको भनाइ थियो ।

 

उहाँले भन्नु भयो, ‘मानसिक स्वास्थ्य, स्वास्थ्य क्षेत्रको मात्र विषय होइन । यो व्यक्ति, परिवार, समाज र समग्र जीवनसँग जोडिएको विषय हो । शारीरिक स्वास्थ्यमा समस्या हुँदा उपचार खोज्ने हामी महसुस गरिरहेका छौँ, तर मानसिक स्वास्थ्यमा समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन् । यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ ।’मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई सम्बोधन गर्न जनचेतना अभिवृद्धि, सही सूचनाको प्रवाह र सहयोगी सामाजिक वातावरण निर्माण आवश्यक रहेको उहाँले उल्लेख गर्नु भयो ।प्रस्तावित कानुनी व्यवस्थाले सेवाग्राहीको अधिकार सुनिश्चित गर्नुका साथै नागरिकलाई गुणस्तरीय मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउन आधार तयार गर्ने विश्वाससमेत व्यक्त गर्नु भयो।

 

मन्त्री मेहताले मानसिक स्वास्थ्यसम्बन्धी समस्या भोगिरहेका व्यक्तिलाई कमजोर ठान्ने, लाञ्छना लगाउने र भेदभाव गर्ने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा जोड दिइनु भयो।मानसिक स्वास्थ्य समस्यालाई व्यक्तिगत कमजोरीका रूपमा नभई जनस्वास्थ्य र सम्मानजनक जीवनसँग सम्बन्धित विषयका रूपमा लिनुपर्ने उहाँले बताउनु भयो।

 

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आरुघाट पुलको सन्देशले सांसद श्रेष्ठ विवादमा, फुर्केखोलाको पुलबारे उठ्यो प्रश्न

धादिङ । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित पुल बगाएपछि नयाँ बेलिब्रिज जडानका लागि पहल सुरु भएको छ। तर, पुल पुनःस्थापनाका

मानसिक स्वास्थ्य सम्बन्धी ऐन ल्याउने सरकारको तयारी

काठमाडौं,२६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र नागरिकको पहुँचमा पुर्याउन सरकारले आवश्यक कानुनी आधार निर्माणलाई प्राथमिकता दिएको

कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ , नैनसिंह महर

काठमाडौं,२६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका

हिरोमा पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते

मुगु ,२६ असोज। सोमबार विहान पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि

दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,२६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन दिनु