नवरात्रको आठौँ दिन

देशभर शक्तिपीठहरूमा भक्तजनको भीड

काठमाडौं,१ कार्तीक । नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको बडादशैंको अवसरमा आज देवी महागौरीको विशेष उपासना गरिएको हो । घटस्थापना गरिएको पूजा कोठा तथा दशैंघरमा नवरात्रभर दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ । नवरात्रका अवसरमा देवी दुर्गाको भक्तिपूर्वक आराधना गर्नाले शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ । यसै मान्यताका आधारमा सनातन धर्मावलम्बीले प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको विशेष अनुष्ठान गर्दछन् ।

 

दुर्गा पक्षका नौ दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ फरक स्वरूपको पूजा गरिन्छ । यसरी नौ दिनसम्म पूजा गरिएको टीका र जमरा विजयादशमीका दिनदेखि प्रसादका रूपमा ग्रहण गरी कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट लगाउने चलन छ । महाअष्टमीको अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकाली, कालिकास्थान, शोभा भगवती, संकटा, नक्साल भगवती तथा उपत्यकाबाहिरका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको ठूलो घुइँचो लागेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धर्म र पर्व : विवाद होइन, सदभावको आधार

काठमाडौँ,१ कार्तीक ।धर्म अत्यन्तै सम्बेदनशील, गहन, जटिल र बहुआयामिक विषय वस्तु हो । धर्मको ‘अर्थ धारणा गर्नु’ अर्थात असल आचरण धारण गर्नु हो । कुनैपनि

२४ घण्टामा सवारी दुर्घटनामा ४ जनाको मृत्यु, २५७ जना घाइते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ भने २५७ जना घाइते भएका छन् । प्रहरीको तथ्यांकअनुसार देशका

झापामा असोजमा सवारी दुर्घटना र मानवीय क्षति बढी

झापा,१ असोज । झापामा चालु आर्थिक वर्ष २०८३र८४ को असोज महिनामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षति अघिल्ला दुई महिनाको तुलनामा बढेको छ ।

अर्जुनधारामा बन्चरो प्रहार गरी वृद्धको हत्या , अभियुक्त पक्राउ

अर्जुनधारा, १ कात्तिक । हिजो शनिबार साँझ झापाको अर्जुनधारामा वृद्धको हत्या गर्ने अभियुक्त २८ वर्षीय रविन लिम्बू छिमेकी भएको खुलेको छ । साँझ ७ बजेतिर

बाढीले तहसनहस बेत्रावती अझै खण्डहर

काठमाडौं,१ कार्तीक । गत भदौ १० गते तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले तहसनहस पारेको बेत्रावती बजार हाल खण्डहर र बगरमा परिणत भएको छ

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

काठमाडौं,१ असोज । गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट