काँकडभिट्टा–लौकही सडक विस्तार

अवरोध हटाउन स्थानीय प्रशासनको सक्रियता

झापा,१६ कार्तीक । पूर्व–पश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गको मापदण्डमा स्तरोन्नति भइरहेको रणनीतिक महत्त्वको काँकडभिट्टा–लौकही सडक निर्माणमा देखिएका बहुपक्षीय व्यवधान सुल्झाउन जिल्ला प्रशासन कार्यालय झापाले सक्रिय कदम लिएको छ । स्थानीयका माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल स्थानान्तरणमा देखिएको ढिलासुस्तीका कारण राष्ट्रिय गौरवको यो परियोजना प्रभावित भएपछि प्रशासनले समन्वय तीव्र बनाएको हो । मैदानी समस्याको यथार्थ पहिचान गरी दिगो निकास पहिल्याउन प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार आयोजनाका प्राविधिक तथा निर्माण कम्पनीका प्रतिनिधिसहित निर्माणाधीन सडकखण्डको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।

 

निर्माणको जिम्मा पाएको ‘इभ्रास्कन–कालिका जेभी’का क्षेत्रीय महाप्रबन्धक उज्ज्वल प्रसाईँका अनुसार सुरुआती डिजाइन परिमार्जन गरी सडकलाई अझ व्यवस्थित र यात्रुमैत्री बनाउन जनप्रतिनिधि, राजनीतिक दल र स्थानीयवासीबाट आएका मागका कारण विभिन्न खण्डमा कार्यतालिका प्रभावित बनेको छ । एकातिर निर्धारित समयमै काम सक्ने दबाब छ भने अर्कातिर स्रोत व्यवस्थापनमा असहजता छ, प्रसाईँले भन्नु भयो, ओभरपासका लागि आवश्यक तीन लाख घनमिटर माटो भर्न राजस्व बुझाइसक्दा पनि स्थानीय तहबाट प्रक्रियागत सहजीकरण नहुँदा काममा गतिरोध आएको छ ।आयोजनाका इन्जिनियर आश्रय महतका अनुसार काँकडभिट्टा र विद्यालय क्षेत्रमा डिजाइनबाहिरका ओभरपासको माग, धुलाबारीमा बस स्ट्यान्ड व्यवस्थापन तथा चारआली खण्डको अवरोध प्रमुख चुनौतीका रूपमा देखिएका छन् । यसबाहेक सहरी क्षेत्रमा विद्युत्का पोल स्थानान्तरण नहुनु, कालोपत्रेका लागि आवश्यक अस्फाल्ट चिप्स र आरई वालका लागि ब्याकफिलिङ सामग्रीको नियमित आपूर्ति नहुनुले निर्माणमा थप जटिलता थपेको छ ।

 

यसअघि निर्माण कम्पनी र आयोजनाका प्रतिनिधिले प्रशासनसमक्ष सहजीकरणका लागि औपचारिक आग्रह गरेका थिए । सोही आधारमा स्थलगत अनुगमन गरेका प्रजिअ पोखरेलले सडक निर्माणमा आवश्यक सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्न र स्थानीय स्तरका असन्तुष्टि सम्बोधन गर्न सरोकारवालासँग बहुपक्षीय छलफल भइरहेको बताउनु भयो । हामीले जनप्रतिनिधिदेखि स्थानीय तहसम्म संवाद अघि बढाएका छौँ ,उहाँले भन्नु भयो, ूविद्युत् पोल हटाउन नेपाल विद्युत् प्राधिकरणको कोशी प्रादेशिक कार्यालयसँग समन्वय भइरहेको छ भने झापाका संघीय सांसदहरूसँग पनि निकासका लागि परामर्श जारी छ ।एसियाली विकास बैंक (एडीबी) को ८४.९ प्रतिशत र नेपाल सरकारको १५.१ प्रतिशत लगानीमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ किलोमिटर सडक अन्तर्राष्ट्रिय मापदण्डमा विस्तार भइरहेको हो । जसअन्तर्गत काँकडभिट्टा–सीतापुरी ४५ किमि पूर्वी खण्ड १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा इभ्रास्कन–कालिका जेभीले निर्माण गरिरहेको छ ।

 

२०८० माघ १९ गतेबाट सुरु भएको यस आयोजनाको सम्झौता अवधि करिब तीन महिना मात्र बाँकी रहँदा हालसम्म ५६ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । म्यादभित्र ७० प्रतिशत प्रगति पुर्‍याउँदै चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाले लिएको छ । निरीक्षणका क्रममा प्रजिअ पोखरेलले निर्माणको गति बढाउनुका साथै यात्रुको सुरक्षित आवागमनका लागि व्यवस्थित डाइभर्सन, ट्राफिक व्यवस्थापन र पर्याप्त साङ्केतिक चिह्नको व्यवस्था गर्न निर्माण पक्षलाई निर्देशन दिनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ,१६ कार्तीक । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा आमरण अनशनमा बस्नु भएको वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै कांग्रेसद्वारा संसदीय छानबिनको माग

काठमाडौं,१६ कार्तीक । नेपाली कांग्रेसले पत्रकार माथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको

पाथीभरा मार्गको कान्छी थानमा भक्तजनको भीड

ताप्लेजुङ,१६ कार्तीक । ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा धाम जाने मार्गमा अवस्थित कान्छी थानमा पूजापाठ गर्दै भक्तजनहरू। धार्मिक आस्था र विश्वासका साथ कान्छी थानमा पूजाआराधना

तिहारका लागि ६४ करोडको झिलिमिली बत्ती आयात, परिमाण घट्दा मूल्य बढ्यो

काठमाडौं,१६ कार्तीक । तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३ / ८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात

दुर्घटनाको जोखिम र ट्राफिक अस्तव्यस्त

काठमाडौं,१६ कार्तीक । काठमाडौंको कोटेश्वर स्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ ।सडकमा आफ्नो लेन नै छाडेर

एसियामा इन्धनको मूल्य दोब्बर बढी

काठमाडौं,१६ कार्तीक । पश्चिम एशियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ । कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध

सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं ,१६ कार्तीक। प्रधानमन्त्री बालेन्द्र शाहले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट जग्गासम्बन्धी प्रशासनिक सेवा सञ्चालन गर्ने घोषणा गर्नु र्भको छ। सोमबार सामाजिक सञ्जालमार्फत