सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं ,१६ कार्तीक। प्रधानमन्त्री बालेन्द्र शाहले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट जग्गासम्बन्धी प्रशासनिक सेवा सञ्चालन गर्ने घोषणा गर्नु र्भको छ। सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्मअनुसार नागरिकलाई घरदैलोमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनु भएको छ।‘गाउँगाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै’ भन्ने नारासहित सरकारले भूमि प्रशासनका सेवा स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरेको उहाँले बताँउनु भयो।

प्रधानमन्त्री शाहका अनुसार सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको अभिन्न अङ्गका रूपमा भूमि प्रशासनका सेवा स्थानीय तहमा विस्तार गर्ने कार्यलाई प्राथमिकता दिइएको छ।उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल उद्देश्य राज्य र नागरिकबीचको दूरी घटाउनु रहेको उल्लेख गर्दै सरकारी सेवा लिन नागरिक टाढाका कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताँउनु भएको छ।नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ का व्यवस्थाअनुसार भूमि प्रशासनका सेवा स्थानीय तहमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री शाहले स्पष्ट पार्नु भएको छ।उहाँका अनुसार हालसम्म देशका ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सफलतापूर्वक सञ्चालन भइरहेको छ। अब बाँकी सबै स्थानीय तहबाट समेत आगामी एक महिनाभित्र अनिवार्य रूपमा सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय सरकारले गरेको छ।

यसका लागि स्थानीय तहलाई आवश्यक पर्ने प्राविधिक, प्रशासनिक तथा अन्य सहयोग उपलब्ध गराउन संघीय सरकार प्रतिबद्ध रहेको उहाँले जनाँउनु भएको छ। प्रधानमन्त्री शाहले भूमि प्रशासनका सेवा स्थानीय तहमा विस्तार भएपछि स्थानीय सरकारले आफ्नो संवैधानिक तथा कानुनी अधिकारको पूर्ण प्रयोग गर्न पाउने विश्वास व्यक्त गर्नु भएको छ। त्यसैगरी, जग्गासम्बन्धी कामका लागि नागरिकले टाढाका मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता कम हुने र सेवा प्रवाह थप सरल, सहज तथा नागरिकमैत्री बन्ने सरकारको अपेक्षा छ।

 

अधिकार केन्द्रमा सीमित राख्ने कानुनी व्यवस्थालाई क्रमशः खुकुलो बनाउँदै स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने दिशामा यो निर्णय महत्त्वपूर्ण हुने प्रधानमन्त्री शाहको भनाइ छ। सरकारको घोषणाअनुसार निर्धारित समयमै सेवा विस्तार भए जग्गासम्बन्धी प्रशासनिक कामका लागि नागरिकले स्थानीय तहबाटै सेवा प्राप्त गर्ने बाटो खुल्नेछ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौँ,१६ कार्तीक । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलाममा आमरण अनशनमा बस्नु भएको वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर

प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै कांग्रेसद्वारा संसदीय छानबिनको माग

काठमाडौं,१६ कार्तीक । नेपाली कांग्रेसले पत्रकार माथि भएको धरपकडलगायत पछिल्ला सरकारी गतिविधिप्रति आपत्ति जनाउँदै घटनाको निष्पक्ष छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरेको

पाथीभरा मार्गको कान्छी थानमा भक्तजनको भीड

ताप्लेजुङ,१६ कार्तीक । ताप्लेजुङको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा धाम जाने मार्गमा अवस्थित कान्छी थानमा पूजापाठ गर्दै भक्तजनहरू। धार्मिक आस्था र विश्वासका साथ कान्छी थानमा पूजाआराधना

तिहारका लागि ६४ करोडको झिलिमिली बत्ती आयात, परिमाण घट्दा मूल्य बढ्यो

काठमाडौं,१६ कार्तीक । तिहारलाई लक्षित गर्दै चालु आर्थिक वर्ष २०८३ / ८४ को पहिलो तीन महिनामा ६४ करोड ५२ लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात

दुर्घटनाको जोखिम र ट्राफिक अस्तव्यस्त

काठमाडौं,१६ कार्तीक । काठमाडौंको कोटेश्वर स्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ ।सडकमा आफ्नो लेन नै छाडेर

एसियामा इन्धनको मूल्य दोब्बर बढी

काठमाडौं,१६ कार्तीक । पश्चिम एशियामा जारी ऊर्जा संकटका कारण एसियाली मुलुकमा इन्धनको मूल्य युद्धअघिको तुलनामा दोब्बरभन्दा बढी पुगेको छ । कच्चा तेलको आपूर्तिमा देखिएको अवरोध

सबै स्थानीय तहबाट जग्गा प्रशासन सेवा दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं ,१६ कार्तीक। प्रधानमन्त्री बालेन्द्र शाहले आगामी एक महिनाभित्र देशभरका सबै स्थानीय तहबाट जग्गासम्बन्धी प्रशासनिक सेवा सञ्चालन गर्ने घोषणा गर्नु र्भको छ। सोमबार सामाजिक सञ्जालमार्फत