हुम्लामा अत्यधिक चिसो : खुला चौरमै पठनपाठन

हुम्ला,१७ कार्तीक । हिमाली जिल्ला हुम्लामा यतिबेला चिसो बढ्दै गएपछि सिमकोट गाउँपालिका–८ साँता गाउँमा रहेको बलभद्र आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पठनपाठन गर्दै आएका छन् ।दिउँसोको समयमा पनि यतिबेला हुम्लामा तापक्रम माइनसमा झरेसँगै चिसो बढेपछि बालविकास र कक्षा एकका विद्यार्थीहरुलाई खुला चौरमा पठनपाठन गराउँदै आएको बलभद्र आधारभूत विद्यालयकी प्रधानाध्यापक प्रेमकला बुढाले बताउनु भयो । यो वर्ष कात्तिक महिनामै दुई पटक जिल्लामा हिमपात भएको हुँदा चिसो अत्यन्त बढेको छ ।

 

जिल्लामा हिमपात पश्चात् तापक्रम माइनसमा झरेर चिसो एक्कासी बढेपछि विद्यार्थीलाई घाम ताप्दै सहज रूपमा सिकाइ गर्न सकियोस् भन्ने उद्देश्यले विद्यालयले खुला स्थानमै नियमीत कक्षा सञ्चालन गर्दै आएको प्रधानध्यापक बुढाको भनाई छ ।प्रधानध्यापक बुढाले भन्नु भयो, ‘चिसोका कारण साना कक्षाका विद्यार्थी कक्षाकोठामा बस्न नसक्ने भएपछि खुला चौरमा पठनपाठन शुरु गरिएको छ ।’विशेषगरी बालविकास र कक्षा १ का विद्यार्थीलाई घाम ताप्दै पढ्ने व्यवस्था मिलाइएको छ ।’ यस्तै अन्य कक्षाका बिद्यार्थीलाई पनि चिसो मानेपछि चौरमा पठनपाठन गराउँदै आएका छौ ।’

 

जिल्लाको बलभद्र आधारभूत विद्यालय मात्रै नभएर हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका अधिकांस तीन विद्यालयले अत्यधिक चिसोको कारण कक्षाकोठामा बसेर पढ्न कठिन भएपछि चौरमा पठनपाठन सञ्चालन गर्न गर्दै आएका छन् ।नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको सुनखानी आधारभूत विद्यालयका शिक्षक बिकुल तामाङका अनुसार, विद्यालय भवनका कक्षाकोठा चिसो हुँदा भित्र पढाउन नसकिएकोले विद्यालयकै हातामा कक्षा सञ्चालन भइरहेको बताँउनु भयो ।कक्षा ८ सम्मका सबै विद्यार्थी खुला स्थानमै पढ्न बाध्य रहेको उहाँको भनाई छ । उत्तरी क्षेत्रमा दिउँसोमा समेत तापक्रम माइनसमा हुने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म

मेची भन्सारले पहिलो तीन महिनामा उठायो चार अर्ब ६७ करोड राजस्व, लक्ष्यको झन्डै ९५ प्रतिशत हासिल

झापा , कार्तिक १७। मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

५९ बिघा जग्गा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ , कार्तिक १७। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध  भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ , कार्तिक १७। पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार

बिचौलियासँगको उठबस विवादमा तानिएपछि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा

काठमाडौँ , कार्तिक १७ । विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन्। सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रका अनुसार फुयाल मंगलबार (आज)देखि शुक्रबारसम्म चार

पुष्प तथा नर्सरी व्यवसाय प्रवर्द्धनका लागि नीतिगत र प्राविधिक सहयोग गर्छौँ : मन्त्री गीता चौधरी

काठमाडौं , कार्तिक १७। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पुष्प तथा नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग

राउटरको ‘एडमिन एक्सेस’ रोकेको भन्दै नेपाल टेलिकमविरुद्ध ‘हेलो सरकार’ मा उजुरी

काठमाडौं , कार्तिक १७। नेपाल टेलिकमले ग्राहकलाई आफ्नै फाइबर इन्टरनेटमा प्रयोग भइरहेको राउटरको प्रशासनिक पहुँच (एडमिन एक्सेस) सीमित गरेको भन्दै सरकारसँग हस्तक्षेपको माग गरिएको छ