दाङका सामुदायिक वन तथा झाडीमा लुकाइएका १४ नाल अवैध भरुवा बन्दुक बरामद

दाङ , कार्तिक १७। दाङका विभिन्न सामुदायिक वन तथा जंगलका झाडीमा लुकाइछिपाइ राखिएका १४ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको विशेष अपरेसनका क्रममा ती बन्दुक बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको टोलीले बबई गाउँपालिका–५ खयरभट्टीस्थित सिमौरा सामुदायिक वनबाट पाँच नाल बन्दुक बरामद गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरको टोलीले बंगलाचुली गाउँपालिका–२ स्थित सुनछहरी सामुदायिक वन र प्रहरी चौकी हाँसिपुरको टोलीले बंगलाचुली गाउँपालिका–८ पाँचपोखरीस्थित न्यू कालिका सामुदायिक वनबाट एक–एक नाल बन्दुक बरामद गरेको छ ।

यसैगरी प्रहरी चौकी पुरन्धाराको टोलीले बबई गाउँपालिका–२ सुवाखोरे सामुदायिक वनबाट एक नाल, अस्थायी प्रहरी पोस्ट कालाकाटेको टोलीले राप्ती गाउँपालिका–१ रौसिङखोला बगर नजिकको झाडीबाट पाँच नाल र अस्थायी प्रहरी पोस्ट गर्तीको टोलीले लमही नगरपालिका–३ स्थित नारायणेश्वर सामुदायिक वनबाट एक नाल बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ । बरामद गरिएका बन्दुकमध्ये १३ नाल चालु अवस्थामा र एक नाल बिग्रिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म

मेची भन्सारले पहिलो तीन महिनामा उठायो चार अर्ब ६७ करोड राजस्व, लक्ष्यको झन्डै ९५ प्रतिशत हासिल

झापा , कार्तिक १७। मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

५९ बिघा जग्गा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ , कार्तिक १७। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध  भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ , कार्तिक १७। पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार

बिचौलियासँगको उठबस विवादमा तानिएपछि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा

काठमाडौँ , कार्तिक १७ । विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन्। सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रका अनुसार फुयाल मंगलबार (आज)देखि शुक्रबारसम्म चार

पुष्प तथा नर्सरी व्यवसाय प्रवर्द्धनका लागि नीतिगत र प्राविधिक सहयोग गर्छौँ : मन्त्री गीता चौधरी

काठमाडौं , कार्तिक १७। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पुष्प तथा नर्सरी व्यवसायको विकास, विस्तार र प्रवद्र्धनका लागि सरकारले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग

राउटरको ‘एडमिन एक्सेस’ रोकेको भन्दै नेपाल टेलिकमविरुद्ध ‘हेलो सरकार’ मा उजुरी

काठमाडौं , कार्तिक १७। नेपाल टेलिकमले ग्राहकलाई आफ्नै फाइबर इन्टरनेटमा प्रयोग भइरहेको राउटरको प्रशासनिक पहुँच (एडमिन एक्सेस) सीमित गरेको भन्दै सरकारसँग हस्तक्षेपको माग गरिएको छ