झापामा एटीएम सेवा २४ घण्टा सञ्चालन गर्न बैंकहरूलाई प्रशासनको निर्देशन

दमक।  २४ कार्तिक | झापाका विभिन्न सहरी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिन सञ्चालनमा नरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय झापाले एटीएम सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले केही बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई टेलिफोनमार्फत तत्काल एटीएम सेवा सुचारु गर्न निर्देशन दिनुभएको हो।

उहाँले नेपाल राष्ट्र बैंकका गुनासो व्यवस्थापनसम्बन्धी जिम्मेवारीमा रहनुभएका निर्देशक सुशील पौडेललाई समेत यसबारे जानकारी गराउनुभएको छ।

प्रशासनले जिल्लामा सञ्चालित सबै बैंक तथा वित्तीय संस्थालाई एटीएमलगायत २४ घण्टा सञ्चालन हुनुपर्ने सेवा नियमित राख्न आग्रह गरेको छ। साथै, एटीएम कक्षमा जडान गरिएका सीसीटीभी तथा सुरक्षा उपकरण दुरुस्त राख्न र सुरक्षा गार्डलाई नजिकको सुरक्षा निकायसँग समन्वय गरी सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकका व्यापारी कानुनको धज्जी उडाउँदै, पालना गर्दैनन् नियम

दमक, २२ कार्तिक । यस वर्षको तिहारमा प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाइएको छ। प्लास्टिकजन्य फूल मात्र नभई भारतबाट आयात गरिएका फूलमा समेत प्रतिबन्ध लगाइएको छ।

दमक–रवि चिसापानी सडक निर्माणमा योगदान कसको कति? धर्मगुरु लिङ्देनको आयो यस्तो प्रस्टोक्ति

दमक, २२ कात्तिक। दमकबाट इलाम हुँदै पाँचथर र ताप्लेजुङसम्म जोड्ने दमक–रवि–चिसापानी सडक निर्माणका लागि नयाँ ठेक्का लागेको छ। करिब २ अर्ब रुपैयाँमा नयाँ ठेक्का लागेसँगै

कुकुर तिहार एक दिनको औपचारिकता नभई सहअस्तित्वको सन्देश हो :मन्त्री चौधरी

काठमाडौं ,२२ कात्तिक । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई मानवता, करुणा, कृतज्ञता, निष्ठा र मानिस

प्रधानमन्त्री पत्नीद्वारा कुकुर तिहार विशेष कार्यक्रम आयोजना

काठमान्डौ,२२ कात्तिक । प्रधानमन्त्री बालेने शाहकी पत्नी सबिना काफ्लेले आज कुकुर तिहार विशेष कार्यक्रम आयोजना गर्नु भएको छ ।   आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा आयोजना

रवि लामिछानेद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना

काठमाडौं ,२२ कार्तीक। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र नयाँ

ढकमक्क फूलेका यी सयपत्री फूल, जसले तीहारलाई मात्रै स्वागत गरेन भारतको आयातलाई समेत प्रतिस्थापीत गर्यो

दमक, २२ कात्तिक। दमकमा उत्पादन भएका सयपत्री फूलले यस वर्ष तिहारको बजारमा राम्रो स्थान बनाएका छन्। स्थानीय उत्पादन बढेसँगै भारतीय फूलको आयात प्रतिस्थापन हुन थालेको

करौडो लगानीको भ्यूटावर प्रयोगबिहिन

कालीकोट,२२ कात्तिक । कालीकोट खाँडाचक्र नगरपालिका–७ पिली युद्ध पर्यटकीय क्षेत्रमा बनेको भ्यूटावर प्रयोगबिहिन बनेको छ । तीन वर्ष अघि करौडो लगानी निर्माणमा भएको अहिले भ्यूटावर