दमक, मंसिर २ । जन्मदिनको अवसरमा हुने फजुल खर्च कटौती गर्दै दमकमा एक परिवारले मानव सेवा आश्रममा रहेका अशक्त तथा असहायलाई भोजन गराएको छ।दमक–६ निवासी प्रभा बस्नेतका नाति तथा विकास बस्नेत र सगुन बस्नेतका छोरा सुभ्याङ सिंह बस्नेतको जन्मदिनको अवसरमा आज मानव उद्धार सेवा आश्रममा भोजन कार्यक्रम आयोजना गरिएको हो।
पतञ्जलि दमक नगर समितिको समन्वयमा आयोजित कार्यक्रममा आश्रममा आश्रितहरूलाई भोजन गराइएको थियो। जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा असहायलाई सहयोग गर्दै मानवीय सद्भाव र सेवाभाव अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको परिवारले जनाएको छ।

दमकमा चलिरहेको आदिवासी जनजाती महोत्सव कस्तो? के भन्छन हेर्न जाने दर्शक ?
दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै









