दमक, २ मंसीर । रातको समय । मंसीर महिना लागीसक्यो । चिसो हावा चलीरहेको थियो । त्यसमाथी रतुवा नदिको किनार । चीसोको सिरेटो नचल्ने कुरै भएन । तर मौसम जती चीसो थियो उतीनै तातीरहेको थियो दमकमा जारी आदावासी जनजाती साङ्गीतिक महोत्सवको महोल ।
अझ झिलिमिली बत्तीको चमक, मञ्चबाट गुञ्जिने चर्चित कलाकारहरूको सांगीतिक धुन अनि मोबाइलको फ्ल्यास लाइट बाल्दै रमाइरहेका हजारौँ दर्शकको हुटिङले रातलाई दिनजस्तै उज्यालो र जीवन्त बनाएको छ ।गत कात्तिक १८ गतेदेखि सुरु भएको यो महोत्सवमा बालबालिकाहरुदेखी युवापुस्ता र ज्येष्ठ नागरिकसम्मको बाक्लो उपस्थिति देख्न सकिन्छ । महोत्सव प्रवेश गर्नेबित्तिकै गेटमै ठडिएको आकर्षक ‘लन्डन ब्रिज’ र रातको अँध्यारोमा झिलिमिली बत्तीले सजिएर चम्किरहेको ‘आइफिल टावर’ ले आगन्तुकलाई स्वागत गर्छ । त्यति मात्र होइन, विशाल एक्वारियम भित्र पानीमा ‘जलपरी’ को कलात्मक प्रस्तुतिले दर्शकलाई अचम्मित बनाइरहेको छ
आइफिल टावरको फेदमा उभिएर सेल्फी लिने र टिकटक बनाउनेहरूको भीड पनि कम देखिदैन भने आकाश छुने गरी घुमिरहेको विशाल ‘रोटे पिङ’ र ‘नाउ’ मा चढेर रमाउनेहरूको उत्साह उस्तै छ । अर्कोतिर विभिन्न परिकारका स्टलहरूमा चिसो मौसममा पनि स्वाद चाख्नेहरूको उत्तिकै भिड देखिन्छ ।साँझ परेपछि मञ्चमा उक्लिने राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड गायन र नृत्य प्रस्तुतिले दर्शकलाई चिसोको समेत परवाह नगरी नाच्न बाध्य बनाएको छ ।
नेपाल आदिवासी जनजाति सांस्कृतिक महोत्सव २०८३ मा आदिवासी सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकारको प्रस्तुति, जलपरी, नाउ, रोटे पिङ र व्यवस्थित खाजाघरहरूले दर्शकलाई निकै आकर्षित गरिरहेको दमक–७ का विवस बताउनुहुन्छ। महोत्सवलाई अझ रोचक बनाउन ड्रागन खेल थप्नुपर्ने र दिनरात दुवै समयका लागि टिकटको व्यवस्था हुनुपर्ने सुझाव दिँदै उहाँले सबैलाई मेलामा आएर रमाइलो लिन अनुरोध समेत गर्नुभएको छ।
दमक–७ का विवेक पोख्रेलले महोत्सवको मुख्य आकर्षण जलपरी र रोटेपिङ रहेको बताउँदै फुड स्टलहरू अझै थप्न आवश्यक रहेको औंल्याउनुभएको छ। साथै, उहाँले महोत्सवको अवधि १५ दिन मात्र सीमित नराखी अझै लम्ब्याउन आयोजकसमक्ष आग्रह गर्नुभएको छ।र्दशकविगतका वर्षहरूको तुलनामा यसपालिको महोत्सव निकै रमाइलो रहेको र्दशकहरूले बताएका छन्। महोत्सवमा जलपरी, आइफिल टावर, लन्डन ब्रिज, रोटेपिङ, बालबालिकाका खेलहरू र चर्चित कलाकारहरूको प्रस्तुति मुख्य आकर्षण बनेका छन्।
मंसिर २ गतेसम्म सञ्चालन हुने यो महोत्सवले एकातिर आदिवासी जनजातिको मौलिक कला, संस्कृति र पहिचानको प्रवद्र्धन गरिरहेको छ भने अर्कोतिर व्यस्त दैनिकीबाट थकित दमक वासीलाई परिवार र साथीभाइसँग रमाउने एउटा उत्कृष्ट गन्तव्य प्रदान गरेको छ ।










