पाँचथर, ५ मंसिर । करिव तीन दशक अघिदेखि पत्रकारितामा सकृय पाँचथरका पत्रकार कबिन्द्र सेर्मा (कालिबहादुर) को निधन भएको छ ।क्यान्सर रोगबाट पीडित सेर्माको गएराति काठमाण्डौमा निधन भएको हो ।पाँचथरको तत्कालीन मङजावुङ गाविस (हाल कुम्मायक गाउँपालिका–२) मा जन्मिएका सेर्माले २०५९ सालदेखि पाँचथरलाई केन्द्र बनाएर पत्रकारिता गर्नु भएको थियो। उहाँले आफ्नो पत्रकारिता यात्रा रेडियो नेपालबाट सुरु गर्नु भएको थियो ।
पाँचथरका लागि रेडियो नेपालका संवाददाता रहनु भएको थियो। त्यसपछि फिदिममा सञ्चालित सुम्हात्लुङ एफएम र इगल एफएममा आबद्ध हुनु भएको थियो। रेडियो समात्ल्हुङ र रेडियो इगलमा संस्थापक म्यानेजर रहनु भएको थियो । त्यसपछि उहाँले २०७३ सालमा आफ्नै लगानीमा पाँचथर एफएम सञ्चालनमा ल्यानु भएको थियो ।
नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व कोषाध्यक्ष र आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) पाँचथरका संस्थापक अध्यक्षसमेत रहनु भएको का सेर्माले जिल्लाको पत्रकारिता क्षेत्रको संस्थागत विकासमा समेत योगदान पुर्याउनु भएको छ । उहाँ झण्डै ३ वर्षदेखि क्यान्सर रोगको उपचारमा हुनुन्थ्यो । भक्तपुर क्यान्सर अस्पतालमा नियमित उपचार गराउँदै आँउनु भएको उहाँ थप उपचारका लागि भारतस्थित राजीव गान्धी क्यान्सर अस्पतालसमेत पुग्नु भएको थियो । उपचारकै क्रममा काठमाडौंमा उहाँको निधन भएको हो ।










