चुनावी परिणामको समिक्षा हुदै

‘अन्र्तघात गर्नेको पहिचान हुँदै छ’ : होम बहादुर थापा (भिडियो सहित)

दमक/
स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको गढ मानीएको झापाको क्षेत्र नं ५ मा एमालेले प्रमुख पदमा कम जीत हाँसिल गर्यो । यो निर्वाचन क्षेत्र पार्टिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समेत निर्वाचन क्षेत्र हो । त्यसैले पनि यो क्षेत्रको चुनावी परिणामलाई देशैभर निकै चासोका साथ हेरिन्छ ।
तर ओलीकै निर्वाचन क्षेत्रमा पर्ने कुल ४ पालिका मध्ये एउटामा मात्रै प्रमुख पद एमालेले जीत्यो । बाँकी रहेका ३ वटै पालिकाको नेतृत्व एमालेले यो पटक गुमाउनु पर्यो ।

दमक नगरपालिकामा ५ दलिय गठबन्धनलाई सघाउन आएको राप्रपा सहितको टिमले प्रमुख र उप प्रमुख दुवै पदमा पराजित गराइदियो ।
कमल गाउँपाकिलाकामा यस अघीको निर्वाचन २०७४ मा गोलाप्रथाबाट पराजित नेपाली काग्रेसका उम्मेदवार हुकुक सिहं राईले यो पटक निकै फराकिलो मतान्तरका साथ एमालेका उम्मेदवारलाई पराजीत गराउनु भयो ।

तर अघील्लो पटक नेपाली काग्रेससँग पराजीत भोगेको एमोलेलेयो यो पटक गौरादह नगरपालिकमा भने प्रमुख र उप प्रमुख दुवै पद जीत्यो ।
२०७४ को निर्वाचनमा पनि गौरिगन्ज गाउँपालिकामा जीत हाँसिल गर्न नसकेको एमालेले यो पटक पनि यहाँ निर्र्वाचन जीत्न सकेन । अघिल्लो पटक उपाध्यक्ष पनि नजितेको एमालेले यो पटक भने उपाध्यक्षमा जीत हाँसिल गरेर चीत्त बुझाएको छ ।

यसरी यो क्षेत्रमा रहेका ४ मध्ये १ मा मात्रै आफ्नो पराजय हुनुलाई पार्टिले पहिलो असर गठबन्धनको प्रभाव ठानेको छ भने दोस्र्रे चाहि पार्टिभीत्रको अन्र्तघात ।
नेकपा एमाले प्रदेश १ कमिटीका सदस्य तथा झापा क्षेत्र नं ५ का इन्चार्ज होम बहादुर थापा भन्नु हुन्छ ‘ ५/६ दलहरु एकातिर र अर्कातिर एमालेमात्रै हुदा पनि आएको परिणाम शन्तोषजनक छ । तर जीत्ने अवस्था हुँदा हुँदैपनि पार्टिभित्रको केहि आन्तरिक द्धन्द मुख्य कारक देखियो ।’
उज्यालो खवरको कार्यालयमै आएर उहाँले पार्टि किन हार्यो भन्नेबारेमो फेहरिस्त सुनाउनु भयो ।

टिकट वितरण गर्दा देखिएका केहि असन्तुष्टि कतिपय साथीहरुले चुनावमा पोखेका रहेछन् । तर यो पार्टिको सिद्धान्त र हित विपरित हो । छानविन समिती बनाएर अघी बढ्ने छौ ।’
पार्टिभित्र देखिएको अहिलेको अन्र्तद्धन्दलाई चाँडै निक्र्यौल गरेर अव प्रदेश र केन्द्रिय चुनावी तयारी गर्नु पर्ने बेला भएको भन्दै मनमा भएका ती रिस रागलाई एकठाउँमा बसेर फाल्न आवश्यक रहेको उहाँले सुनाउनु भयो ।

साथै यो क्षेत्रमा राष्ट्रिय गौरवका योजनाहरु दर्जनको हाराहारीमा थपीएका छन् । कतिपय आयोजनाहरु सम्पन्नको अन्तिम तयारीमा छन् । यी आयोजनाहरु सम्पन्न भएपछि जे उद्धेस्यकालागि बनेका हुन ती उद्धेस्य अनुरुप चाहि सञ्चालन गर्न इत्तर पार्टिबाट निर्वाचीत जनप्रतिनिधीहरुले नसक्ने हुन कि भन्ने आशंका उहाँमा छ ।

उदाहरण दिदै उहाँले भन्नुभयो दमकमा बनिरहेको भ्यू टावर जुन लक्ष्यअनुसार बन्दै छ । त्यसलाई सहि तरिकाले दमकको मुख्य आम्दानीको श्रोत हुने गरि र दमककै पहिचान जोडिने गरि काम गर्न सक्नु पर्छ लक्ष्य बाहेक अन्य उद्धेस्यमा मोड्न खोज्यो भने त्यो सफल नहुने उहाँको भनाई छ ।

उहाँले दमकका अहिलेका नव निर्वाचित प्रमुख र उप प्रमुखलाई एक पटक भ्यू टावरको डिपिआर अध्ययन गर्न सुझाव पनि दिनु भएको छ ।

हेरौ उहाँसँग उज्यालो खबरले गरेको संक्षीप्त कुराकानी ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा