दमक/
विद्यालय, कलेज , काम गर्ने कार्यालय, वा विभिनिन्न सेवा प्रदायक सस्थाहरु । महिलामाथी यौन शोषणका घटना बढी हुने स्थान हुन ।
यी स्थानमा महिलाहरुलाई विभिन्न आश्वाशन देखाएर, प्रलोभनमा पारेर वा ब्लाक मेलिङ गरेर यौन हिंसा हुन सक्ने आँकल गर्नु हुन्छ झापा दमककी महिला अधिकारकर्मी लिला ढुङ्गेल दाहाल ।
महिला अधिकारका क्षेत्रमा बिगत लामो समय देखी सकृय भएर काम गरिरहनु भएकी दाहाल अहिले सुनौलो अभियान नेपालमा आवद्ध भएर काम गरिरहनु भएको छ ।
विद्यालयमा छात्रामाथी केहि शिक्षकहरुले संवेदनशिल अंगामा छोइदिने , कलेजमा पढ्ने छात्राहरुलाई स्पर्स गुर्नका साथै गलत नजरले हेर्ने तथा कतिपयले छुट्टै ट्यूसन पढाउने प्रस्ताव राखेर गलत नियत राख्न खोज्ने, कार्यालयमा काम गर्नेहरुलाई बढुवा गराइदिन सिफासिर गरिदिने आश्वाशन दिने तथा अन्य विभिन्न सस्थाहरुले महिलालाई प्रभावित पार्ने खालका प्रस्तावहरु राख्ने गरेको उहाँको अध्ययनले देखाएको छ ।
पछिल्लो समय जिल्ला स्तर तथा नगर स्तर सम्म पनि विभिन्न सौन्दर्य प्रतियोगीता हुने गरेका छन् । यस्ता प्रतियोगीता हुनु महिलाहरुका लागि क्षमता विकास गर्ने अवसर हो । यस्ता प्रतियोगीता हुन पर्छ । सौन्दर्य प्रतियोगीताले महिलाहरको सर्वाङ्गीण विकासमा मद्यत पुर्याउछ पनि । सौन्दर्य प्रतियोगितालाई अंग प्रदर्शनको रुपमा मात्रै हेरिनु गलत हो । तर यस्ता प्रतियोगिता आयोजनन गर्ने आयोजकहरुले यसमा सबैभन्दा बढी जिम्मेवार बन्न सक्नु पर्छ । तर पछिल्लो समय यही कुरानै समस्या बन्न थालेको छ ।
प्रतियोगिताको आयोजना गर्ने, केहि चरण पुरा भएपछि विभिन्न महिलाहरुलाई त्यो चरण्मा पुग्न मैले भनेको मान्नु पर्छ है भनेर आश्वाशन देखाउने कतिपयलाई त फलानासँग सम्पर्क राखेमा वा हिमचिम बढाएमा प्रतियोगीताको बिजेतानै बनाइदिने सममका आश्वाशन दिने गरेको उहाँले काम गर्ने क्रममा भेटाउनु भएको छ ।
यस्ता आयोजक सस्थाहरुले महिलाहरुलाई गलत नजरले हेरे र प्रयोग गर्न चाहे । दाहाल भन्नु् हुन्छ सस्थाको लिखित लक्ष्य एउटा भएपनि व्यवहारिक लक्ष्य अर्कै भएपछि अहिले यस्ता प्रतियोगिताको नाममा महिलामाथी यौन हिंसा बढ्न थालेको छ ।
यसरी सस्थागत रुपमा हुने यौन हिंसा रोक्न दाहालको सुझाव छ पालिका सरकारले यसको अनुगमन र नियमन गर्ने संयन्त्र बनाउनु पर्छ ।
त्यो संयन्त्रमा प्रहरी प्रशाषन, महिला अधिकारको क्षेत्रमा काम गरिरहेका सघं सस्था नगरपालिकाका वडागत रुपमा जनप्रतिनिधी र कर्मचारी रहन पर्छ ।
कुन पालिकामा कती विद्यालय छन् , कतीवटा कलेज छन् । कतिवटा सघं सस्था छन् , कहाँ कती कति छात्राहरु अध्ययन गर्छ वा महिला कर्मचारीको संख्या कुन सस्थामा कस्तो छ ? सौन्दर्य प्रतियोगिता आयोजना गर्ने सस्था कस्ता हुन, ती कति छन् , यस्तो प्रतियोगिता सुरु गुर्न अघी र सुरु गरेपछिको रिपोर्ट यी सबै कुराको अपडेट त्यो संयन्त्रले लिनु पर्छ ।
यो संयन्त्रलाई अधिकार सहित परिचालन गर्न पर्ने उहाँको सुझाव छ । संयन्त्रसँग एउटा हटलाईन नम्वर राख्ने । त्यो नम्बरमा आफुलाई यौन हिंसाजन्य गतिविधि वा आशषका केहि गतिविधि गरेमा तुरुन्तै एस एम एस , वाट्स्अप तथा टेलिफोन समेत गर्ने गरिको प्रबन्ध मिलाउने । यदि यसो भएमा यस्ता साङ्गठनिक स्थानहरुबाट हुने यौन हिंसा न्यूनिकरण हुने उहाँको विस्वास छ ।
प्रस्तुत छ उहाँसँग उज्यालो खवरले गरेको कुराकानीको संक्षीप्त अंश ।-









