दमक/
‘बजेट भाषण सुन्दा किनै राम्रो हुन्छ । अ सो देश त अव प्ुरै कायापलत हुने भयो भन्ने मनमा कल्पना आउँछ । ’ बजेटबारे आफ्नो अनुभव र प्रतिकृया बारे झापाका उद्योगी प्रेम पाण्डे भन्नु हुन्छ ‘ बजेटले नछोएको क्षेत्र सायदै कम हुन्छ , तर ती क्षेत्रमा पर्ने सर्वसाधरणले भने यसलाई महसुस गर्न नै पाउँदैनन ।’
पाण्डेको टिप्पणी छ ‘अहिले पनि कृषिमा प्राथमिकता जस्तो गरेर बजेट अएको छ । हामी कृषिकै क्षेत्रमा पनि काम गरिरहेका छौ तर अव यसबारेमो सहुलियत लिन जान सक्ने स्थिती छैन । पाउने कुरा त डाडा पारीको घाम जस्तै ।’
बजेटमा कृषिमा मनग्गे बजेट छुट्टिनु सकरात्मक छ भएको बताउँदै उहाँले भन्नु भयो ‘ तर बिडम्बना यस्ता कार्यक्रम मन्त्रीका कार्यकर्ता केन्द्रित मात्रै हुन्छन । खास किसानसँग पुग्नै सक्दैन ।
उ्रद्योगीहरुलाई अहिले यही उत्पादन हुने कुरामा अझ मनोवल बढाउने गरिको बजेट आएजस्तो त छ तर यसको कार्यान्वायन भने उहाँले चुनौतीपूणर् छ ।
यसमा पनि विभिन्न बिवचौलीयाहरुको हालीमुहाली हुने डर पाण्डेमा छ । त्यसैले पाण्डे भन्नु हुन्छ ‘बजेट सबै सँधै राम्रो हुन्छ मात्रै यसको कार्यान्वायन पद्धती ठीक हुँदैन । यदी यो समस्या समाधान मात्रै हुने हो भने देश कायापलट हुने उहाँको बुझाई छ।
आर्थिक वर्ष २०७९/८० कालागि सरकारले बजेट सार्वजनिक गरेपछि उज्यालो खवरले उहाँसँग बजेटकै पेरिफेरिमा रहेर कुराकानी गरेको छ । कुराकानीको भिडियो लिङ तल राखीएको छ ।









