वृक्षारोपणको महत्व

‘वृक्षारोपण ‘फेसन’ भयो हुर्काउने सहितको कार्यक्रम ल्याउँ ’: प्रतिमा कुरा ( भिडियोमा )

दमक/
प्रतिमा बुढाथोकीले दमक बहुमुखी क्याम्पसबाट वातावण विषयमा नै स्नातक गर्नु भएको छ । प्रकृति र मानवको सम्बन्धका बारेमा उहाँले राम्रोसँग बुझ्नु भएको छ ।

प्रकृतिलाई जोगाउन सक्ने हो भने मात्रै मानव अस्तित्व रहने कुरा उहाँले बुभ्नु भएको छ । तर यो कुरा गाउँमा बस्नेहरुले भन्दा पनि शहरमा बस्नेहरुले कम मात्रै बुझेको उहाँको ठम्याई छ ।

शहरमा जताततै विभिन्न संरचना बनेका छन् । यसले प्राकृतिक रुपमा पार्ने असरको कसैले ख्याल गरैकै छैनन् । उज्यालो खवरसँग कुराकानी गर्दै बुढाथोकीले भन्नु भयो प्रकृति रहेन भने न यी संरचनाको प्रयोग हुन सक्छ न मानव अस्तित्व नै रहन्छ । ’ तर यो कुरा विकास प्रेमि जनप्रतिनिधी र सरकारका मन्त्रीज्यूहले बुझ्नै चाहनु भएको छैन ।

पछिल्लो समय वातावरण जोगाउनकालागि भन्दै विभिन्न स्थानमा वृक्षारोपण गरिएको हुन्छ । गरिन्छ । तर त्यसको संरक्षण र सम्वर्धनमा न आम जनमाजसको ध्यान पुग्छ न सरकारी निकायको । यसरी फेसनका रुपमा गरिने त्यस्ता वृक्षारोपणले खास अर्थ नराख्ने उहाँको भनाई छ ।

‘वृक्षारोपण मानव जीवनसँग प्रत्यक्ष जोडिएको छ । यसबाट निस्कने अक्सिजन मानव जीवनकालागि अति आवश्यक हो । तर यसको संरक्षण अहिले घट्दै गएको छ । ’ बुढाथोकी चिन्तीत हुँदै भन्नु हुन्छ वृक्षारोपण सँग-सँगै ती विरुवा हुर्काउने पनि अर्को कार्यक्रम बनाउन आवश्यक छ ।

वृक्षारोपण चाहि सामुहिक गर्ने तर यसलाई हुर्काउन चाहि एक जना मात्रै सकृय भएको देखिन्छ । त्यो एकदमै गलत हो । बुढाथोकीले बताउनु भयो ।

वृक्षारोपण र दमकको अवस्थाको बारेमा बुढाथोकीको बिचारलाई छोटो भिडियोका रुपमा यहाँ प्रस्तुत गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा