निकास कस्ले निकाल्ने ?

दमक नगरसभा : संवादको सट्टा झन झन विवाद बढ्दै (भिडियो सहित)

दमक/
दमक नगरपालिकाको सभा स्थगित गराएर जिम्मेवार व्यक्तिहरु एक अर्कालाई अरोप र प्रत्यारोप लगाउँदै छुट्टा छुट्टै पत्रकार सम्मेलन गरि रहेका छन् । असार १० गते नगरको एघारौ नगरसभामा आर्थिक वर्ष २०७९÷८० का लागि निति तथा कार्यक्रमका साथै अर्थिक विधेयक पेष गरेयताका बैठकहरु सहज रुपमा सञ्चालननै हुन सकेका छैनन । यस पछि बोलाईका ४ वटा बैठक स्थगीत हुँदै आएको छ । यस बिचमा दुवै पक्षबिच संवाद गरेर निकास निकाल्नु पर्नेमा सभामा प्रतिनिधित्व गर्ने नेकपा एमाले र गठबन्धन दलका जनप्रतिनिध मिडियाबाजी गरेर विवादलाई झन बढवा दिइरहेका छन् ।

असार १० गते सभामा पेष भएको बजेट, निती तथा कार्यक्रमको बारेमा नगरसभासदहरुले आ आफ्नो राय राखीरहेका थीए । पहिलो पटक राय राख्ने सभासदस्य कमल श्रेष्ठले बोल्दा बोल्दा बोल्दै नगरका सभाध्यक्षले माईक बन्द गरिदिनु भयो । किनकी सभाध्यक्षले उहाँलाई ५ मिनेटमा आफ्ना कुरा सक्न भनेर समय तोकिदिनु भएको थियो । श्रेष्ठले तोकिएको समयमा आफ्ना कुरा राखीसक्नु भएन र सभाको मर्यदा उल्ङघन हुने भन्दै सभाध्यक्ष राम कुमार थापाले माईक बन्द गराइदिनु भयो ।
यसपिछ अन्य नगरसभासदस्यहरुले आ आफ्ना राय राखे । स्थानिय सरकार संचालन ऐन अनुसार सभामा पेष भएको निति तथा कार्यक्रममा सभासदस्यहरुले राय राखेपछि ती रायका बारेमा ५ दिन भित्रमा कार्यपालिकाको बैठकमा छलफल गरिनु पर्ने हो । तर त्यो नगरि सभाध्यक्षले निति तथा कार्यक्रम एवं बजेट जर्वजस्ती पारित गर्न खोजेको भन्दै एमालेका जनप्रतिनिधीहरुले सभा अवरोध गरे ।

यहि दिन देखी स्थगीत भएको नगरसभा अहिले सम्म चल्नै सकेको छैन । यसपछि असार २९ गते बैठक बोलाइयो । यो दिन एमालेबाट निर्वाचित जनप्रतिधिहरु हाजीर नै नगरि सभाहलमा प्रवेश गरेका थिए । त्यसैले बैठकको कोरम नै नपुगेको भनेर सभाध्यक्ष थापाले साउन ३ गतेकालागि सभा स्थगीत गर्नु भयो । ३ गतेको बैठकमा एमालेका जनप्रतिनिधी नगरपालिकानै गएनन् । किनकी यो बिचमा दुवै पक्षले संवादको वातारण तय गर्न सकेनन् र निकास दिन सकिरहेका छैनन । तर पत्रकार सम्मेलन गर्न मिडिया छुट्टा छुट्टै अन्तरवार्ता दिन भने उहाँहरुलाई भ्याई नभ्याई छ ।

२९ असारको सभामा हाजिर नै नगरि नगरसभा स्थागीत गराउन बाध्य गराएर एमालेका जनप्रतिधिहरुले असार ३२ गते पत्रकार सम्मेलन गरेर आफ्ना कुण्ठा राखे । ३ गतेको बैठकमा निति तथा कार्यक्रम संसोधन सहित आएन भने र त्यो बिचमा कार्यपालिकाको बैठक बसिएन भने आफुहरु बैठकमै नजाने भन्दै पत्रकार सम्मेलन गरे । त्यस लगत्तै असार ३२ गठन्धन दलका नेताहरुले पत्रकार सम्मेलन गरे ।
एमालेका जनप्रतिनिधीहरुले बहुमतको हुर्मत देखाए। अनावश्यय विवाद झिकेर सभालाई बिथोल्न खोजे भन्ने सन्देश दिन पत्रकार सम्मेलन गरेका थिए । त्यसपछि नगरका प्रमुख राम कुमार थापा र एमालेबाट निर्वाचीत भएका जनप्रतिनिधीहरुको समुहलाई नेतृत्व गर्नु हुने लोक बहादुर धिमाल मिडियामा छुट्टा छुट्टै अन्तरवार्ता दिन पुग्नु भयो ।

सबै भन्दा पहिला मेयरले एमालेका जप्रतिनिधीहरुको सहि नियत नभएको भन्दै खण्डन गर्नु भयो । उहाँले लोक बहादुर धिमाल लगायतले संसदिय दल गठन गरेको र यसकालागि छुट्टै कार्यालय खोजीएको , सेवा सुविधा खोजीएको, सवारी साधान खोजीएको भनेर सार्वजनिक रुपमै बोल्नु भयो ।

यस अघीकै पत्रकार सम्मेलनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधीहरुले यस प्रकारको सुविधा नमागेको प्रष्ट पारिसक्दा पनि मेयर लगायत अन्य गठबन्धान दलले सार्वजनिक रुपमै आक्षेप लगाउन थालेपछि यस बारेमा थप प्रष्ट पार्न नेकपा एमालेका तर्फबाट बुधबार पूःन पत्रकार सम्मेलन गरियो ।
सम्मेलनका क्रममा कार्यपालिका सदस्य लोक बहादुर धिमालले गाडीको सुविधाको माग नगरेको पूःन प्रष्ट पार्दैै बरु अघिल्लो आर्थिक वर्ष भन्दा यो वर्ष दुइ गुणा इन्धनका लागि बजेट किन छुट्ट्याएको भनेर सोधिखोजी गर्न जिज्ञासा राखेको बताउनु भयो ।

बुधबारको पत्रकार सम्मेलनमा नगरका नि–वर्तमान नगर प्रमुख तथा नेकपा एमालेका केन्द्रिय सदस्य रोमनाथ ओलीले वर्तमान नगर प्रमुख राम कुमार थापाले मुख्य मुद्धा भन्दा बाहिर गएर अनर्गल प्रचारमा लागेको आरोप लगाउनु भयो ।

कार्यपालिका सदस्यहरुलाई बैठक कक्ष माग्दा आलिसान भवन चाहियो, गाडी घोडा चाहियो भन्दै गलत तरिकाले ब्याख्या गरेर मुख्य माग गरिएका विषलाई ओझेलमा पार्ने काम गरिएको उहाँको भनाई छ ।

यसरी नगरसभा स्थागीत गरेर दुवै पक्ष एक अर्काको खण्डनमा मात्रै उत्रीएका छन् । यसले न सहमतीका लागि सहज बनाइरहेको छ न नगर विकासमा लाग्ने तर्फ ध्यान केन्द्रित भएको देखिन्छ । नगरसभालाई बन्दीमा पारेर अहिले दुवै पक्ष संवाद गर्न भन्दा पनि यस खाले आरोप प्रत्यारोपमा उत्रदा नगरको काम नै ठप्प भएको छ ।

एघारौ नगरसभाको पाँचौ पैठक साउन ११ गते दिनको ३ बजेकालागि बोलाइएको छ । श्रोतले बताए अनुसार साउन ७ गते कार्यपालिकाको बैठक बसेर यी विवाद र रायका विषयमा छलफल हुने छ ।

स्थानिय सरकारमा पनि अल्प मत र बहुमत हुने व्यवस्थको माग

साथै पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य लोक बहादुर धिमालले केन्द्र र प्रदेश सरकारमा जस्तै सभामा अल्पमत र बहुमतको व्यवस्था हुनुपर्ने माग गर्नु भएको छ । संविधानले नै परिकल्पना नगरेको कुरा उहाँले माग गर्नु भएको हो ।

देशभर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने भनेर बहस चलीरहेका उहाँले स्थाई स्थरको पालिका सरकारमा पनिपनि बहुमतले सरकार चलाउन पाउनु पर्ने माग गर्नु भएको हो । ‘संविधान संसोधन गरेर भएपनि यो व्यवस्था आवश्यक भएको महसुस भएको छ । ’ उहाँले बताउनु भयो ।

पालिकाको नगरसभामा अल्पमत रहेकाले सञ्चालन गर्ने सरकार असफल र विवादीद हुने भन्दै बहुमत भएकाहरुले सरकार चलाउन पाउने गरिको व्यवस्था भए त्यस्ता समस्या हल हुने उहाँको दावि छ । देशभरका अधिकांश पालिकामा अल्पमत र बहुमतको कुराले विवाद बढिरहेकोले यसको निराकरणकालागि पनि यो व्यवस्था आवश्यक भएको उहाँको तर्क छ ।

दमक नगरपाकिलाको कुल ५५ जनाको नगरसभामा नेकपा एमालेको बहुमत छ । तर प्रमुख र उप प्रमुख सहित गठबन्धन दलका प्रतिनिधीहरु अल्पमतमा हुनुहुन्छ । अल्पमतमा भएपनि सरकारको नेतृत्व गठबन्धनले गरेको र त्यहाँ बहुमत सदस्य रहेको एमालेका जनप्रतिनिधीको आवाजनै सुन्न नमानेका कारण स्थानिय सरकार पनि केन्द्र र प्रदेशको जस्तै गरि बहुमतबाट नगरसभा मार्फत नै निर्वाचन गरि बनाउने व्यवस्थाको उहाँले माग गर्नु भएको हो ।

दमक नगरसभामा एमालेका ४२ जना हुनुहुन्छ भने गठबन्धनका तर्फबाट १३ जना हुनुहुन्छ । एमालेका ४२ मध्ये १ जना जिल्ला समन्वय समितीको प्रमुख बन्नु भएकोले अहिले ४१ जनाको उपस्थिती नगरसभामा हुने गरेको छ ।

बुधबार एमालेले गरेको पत्रकार सम्मेलनको पुरा भिडियो हेर्नुस ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा