दमक/
उमेरले भर्खर १८ वर्ष मात्रै पुगेके छ । कक्षा १२ को परिक्षा दिएर बसेका यूवा हुन सरोज सिहं । झापाको दमक २ स्थाई घर हुनु भएका सिहंले अहिले सम्म ५ वटा बढि म्याराथन प्रतियोगितामा सहभागी भइ सक्नु भएको छ । हरेक म्याराथनबाट कुनै न कुनै उपाधी जीतेर यो क्षेत्रमै आफ्नो भविष्य छ भन्ने संकल्प गरिसक्नु भएको छ ।
नेपाल सहित भारतका बिभिन्न ठाउँमा सम्पन्न भएका फरक फरक दुरीका म्याराथनमा उहाँले आफुलाई सहभागी गराएर ‘म कुद्न सक्छु’ भन्ने प्रमाणीत गराई सक्नु भएको छ । सन् २०२१ को मार्च महिनामा धरानमा सम्पन्न ‘धरान रन’मा उहाँले आफ्ुलाई तेस्रो स्थानमा स्थापीत गराउन सक्नु भएको छ ।
१० किलोमिटर दुरीको सो प्रतियोगीतामा यती कम उमेरमै पनि उहाँले आफुलाई त्यहाँ अव्वल सावित गराउनु भएको हो । यसपछि सो वर्ष र महिनाको २७ तारिखमा भारतको पटनामा सम्पन्न भएको ‘पटना म्याराथनमा पनि उहाँले आफुलाई बलियो उपस्थित गराउनु भयो । त्यहाँ दुई वटा प्रतियोगीता मध्ये छोटो दुरी तीन किलोमिटरको म्याराथनमा उहाँ प्रथम हुनु भयो । सँघै भएको अर्को १० किलोमिटरको म्याराथनमा उहाँ दोस्रो हुनु भएको थियो । यसले पनि पुष्टि गर्छ कि सुरज कुदनकालागि जन्मनु भएको हो । उहाँले कुदेरनै आफ्नो भविष्य बनाउनु हुन्छ ।
तर अहिले पनि भारतमा हुने अर्को प्रतियोगतामा उहाँलाई निम्तो आएको छ । तर उहाँ त्यहाँ जान सकिरहनु भएको छैन । किनकी त्यहाँ जान उहाँसँग आर्थिक अभाव छ । आर्थिक अभावकै कारणले उहाँले यस्ता प्रतियोगितामा सहभागीता जनाउन पाइरहनु भएको छैन । जसले गर्दा उहाँको सपनामा तुसारो लागिरहेको छ ।
अरुको जमिन अधियामा लिएर उहाँका बुवाले अहिले सम्म घर चलाइरहनु भएको छ । पढाइ रहनु भएको छ । परिवार पाल्नै मुस्किल सरोजको परिवारमा यस्ता प्रतियोगीतामा जान आर्थिक सहयोग मिल्ने कुरै भएन ।
कसैले सहयोग गरे आफुले म्याराथुनको क्षेत्रबाट दमकको नाम राख्ने र अन्तरािष्ट्रय स्तरका प्रतियोगितामा सहभागीताकालागि अवसर दिने हो भने त्यहाँ पनि आफुले देशको नाम राख्ने गरि सहभागी हुने बताउनु भयो ।
उज्यालो खबरसँगको कुराकानीमा सरोजले आफुले अहिले सम्म कुनै दौड सम्बन्धीको तालिम पनि नलिएको बताउनु भयो । दमकमा दौडमा अभ्यास गराउने प्रशिक्षकको अभाव रहेको उहाँको भनाई छ । आफ्नै मिहनत र प्रयासले गर्दा अहिले सम्म आफु यो स्थानमा आइपुगेको बताउँदै सुरज भन्नु हुन्छ ‘ अभ्यास गर्न पनि आवश्यक पर्ने पोषिलो खानेकुरा खान सकिरहेको छुईन । ’
बिहान बेलुकाको खानाकै भरमा अहिले सम्म आफुले अभ्यास गरिरहदा कहि शारिरिक रुपमा कमजोर पो बनिने पनि हो कि भन्ने डर उहाँमा छ । यदी उहाँलाई आर्थीक रुपमा र प्रशक्षिणको रुपमा कसैले सहयोग गर्ने हो भने आफ्ुले यहि क्षेत्रबाट आफ्नो ठाउँको नामलाई उच्च स्थानमा चिनाउन लागि पर्ने उहाँको संकल्प छ ।
भिडियोमा हेरौ ।









