सुन्दर दमक बनाउने अभीयान

दमकको सडक किनारमा फूल रोप्ने अभियान कसरी सुरु भयो,संरक्षणमा चुनौती कती ? (भिडियो सहित)

दमक/
गत साउन ५ गते दमकका एक यूवाले उहाँको आफ्नो फेसबुकमा एउटा भिडियो पोष्ट गर्नु भयो । भिडियोमा देखाइएको थियो कि दमकको पशुहाट देखी दक्षिण तर्फको खाली र भिरालो जमिनमा अस्पतालजन्य फोहोर थुपारिएको ।

यहाँ फालिएका फोहोर दमकमै सञ्चालनमा रहेका अस्पताल वा मेडिकल बाहेक अन्तको हुनै सक्दैन । तर यहाँ मैले फालेको हु भनेर न कुनै अस्पताल वा कुनै मिडकलले नै निर्धक्कसँग भन्न सक्छन् । किनकी त्यहाँ यस्ता फोहोर फाल्नु वातावरणको दृष्टिकोणले त नराम्रो हो नै हो तर दमकको सौन्दर्यतालाई पनि यसले दाग लगाइरहेको थियो ।

आम नागरिकको स्वास्थ्यलाई स्वस्थ्य बनाउने व्यवसायमा लागेका त्यस्ता सस्थाले सडकको किनारमै खुल्लाम खुल्ला फोहार फालेपछि ती यूवाको मन साह्रौ पोल्यो ।
फोहोरको उचीत व्यवस्थापनमा प्रदेश १ कै उत्कृष्ट मानीएको दमकमा नै यस प्रकारकाले जथाभावी फोहोर फाल्दा मन दुखाउने यूवाको नाम हो जय बिमली । बिमली दमकको विकास र समृद्धिका बारेमा खुव चासो राख्नु हुन्छ ।
सामाजीक क्षेत्रमा चासो र चिन्ता गर्ने यी बिमलीले त्यो अस्पताल जन्य फोहोरलाई आफ्नै रेष्टुरेण्टका कामदारको सहयोगमा संकलन गर्नु भयो । संकलीत ती फोहारलाई दमकमा फोहोरको जिम्मा लिएको नेक्स्ट इरा इनर्जीको गाडीमा हालीयो । उहाँले त्यहाँको वस्तुगत अवस्थाको फोटो र भिडियो सार्वजनिक गरेर यसको व्यवस्थापन गर्न अव आम नागरिकनै जागौ भन्ने अभियान पनि सामाजिक सञ्जालबाटै सुरु गर्नु भयो । यसपछि उहाँको अभियानमा साथ दिनेहरु त्यहाँ जम्मा पनि भए ।
एक पटक फाकिएको फोहोर संकलन गरेर व्यवस्थापन गर्दैमा यसको दिगो समाधान होला त भन्ने उहाँमा चिन्ता भयो । यही चिन्तालाई चिन्तन गर्दै गर्दा उहाँको दिमागमा अर्को कुरा फुर्यो यही ठाउँमा अव फूल रोप्ने काम गरौ ।
सडकको किनारमा जहाँ जहाँ फोहोर फालिएको छ वा थुपारिएको छ त्यहाँ त्यहाँ फोहोरलाई व्यवस्थापन गर्दै फुल रोप्ने कामको थालनी गर्न उहाँले अभियानको घोषणा गर्नु भयो । सामाजीक सञ्जालबाट हरेक हप्ताको सुक्रबार बिहान फूल रोप्ने अभियानको आह्वान गर्नु भएका बिमलीले नभन्दै गत सुक्रबार दर्जनौ दमकबासी हातमा फूलको बिरुमा र कुटो बोकेर सडक किनारमा आइपुगे ।
दमकलाई सुन्दर बनाउने त्यो अभियानमा नभन्दै अहिले दोस्रो सुक्रबार सम्म आउँदा सहभागी हुनेहरुको संख्यामा बृद्धि हुन थाल्यो । सयपत्री फूल रोप्ने अभियानबाट सुरु भएको यो काम अहिले विभिन्न जातका फूल रोप्ने काम पनि भइरहेको छ ।
यो अभियानले यसरी सडकको किनारमा फोहोर फाल्ने समुहलाई फूलमा फोहोर फाल्न पक्कै मनले नमाल्ना की भन्ने विस्वास छ । फूलले सुन्दरता दिइरहेको ठाउँमा कुरुप बनाउने फोहोर फाल्ने गरिको चेतना भएका दमकबासी पक्कै हुनुहुन्न भन्ने बिमलीको विस्वास छ ।
उज्यालो खवरको कार्यालयमै आएर बिमलीले यो अभियानले दमकबाहिरबाट आउने जो सुकैले पनि आ हा ! दमक भन्न सकोस भन्ने लक्ष्य राखीएको बताउनु भयो ।
पशुहाटको बसपार्क प्रवेश गर्ने स्थानमा सडकको किनारमा सुरु गरिएको फूल रोप्ने अभियानले सफलता प्राप्त गर्दै गएको बताउँने बिमलीले यसले दमकलाई हरित दमक समृद्ध दमक बनाउन मद्यत पुग्न सक्ने बताउनु हुन्छ ।
यो अभियान सफल हुँदै जादा अव फूल रोप्ने काम दमकको भित्रि सडकको किनार वा खुल्ला स्थानमा पुर्याइने उहाँको योजना छ ।
एक घर तीन फूल रोपण अभियन पनि थालीएको बताउदै उहाँले घरमा फूल रोपेको फोटो पठाएमा पुरस्कारको पनि व्यवस्था गरिएको जानकारी दिनुभयो ।
यसरी दमकलाई बाहिरी र भित्री रुपमा पनि सुन्दर दमक बनाउने सपना आफुले देखेको र यो पुरा गर्न आम दमकबासीसँग बिमलीले अपिल पनि गर्नु भएको छ ।
फूल रोप्न जती सहज भएको छ , यसको संरक्षण गर्न उतीनै चुनौती पनि छ । त्यसै माथी सडकको किनारमा रोपीएका यी फूलहरु संरक्षणको जिम्मा लिने भन्ने हुन्छ । तर यसको संरक्षणमा पनि ध्यान पुर्याइएको छ । पशुहाट क्षेत्रमै बसोबार र यातायातको क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेकाहरुले यसको संरक्षणको जिम्मा लिएको बिमलीले जानकारी दिनुभयो । दुई जना हेरालु राखेर रोपीएका यी फूललाई निरन्तर फूल्न दिइरहने गरिको काममा खटाइने बारेमा कुरा भएको जनाइएको छ । तर यसको दिगो संरक्षण भने दमक नगरपालिकाले गर्नु पर्ने बिमलीको जोड छ ।

बिमलीले फूल रोप्ने अभियन कसरी सुरु गर्नु भयो भन्ने बारेमा उहाँले उज्यालोको कार्यालयमै आएर बोलेको भिडियो हेरौ ।-

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा