सन्दर्भ प्रतिनिधिसभा निर्वाचन २०७९

झापा क्षेत्र नं ५ : ओलीको क्षेत्रमा सिटौलाको स्वतन्त्र उम्मेदवारी ,स्थाई तटबन्ध र कृषिमा आधुनिकीकरण मुल एजेण्डा (भिडियो कुराकानी)

दमक/
छवी सिटौला उहाँ पेषाले काठमाडौमा प्राध्यापन गर्नु हुन्छ । होष्टल सञ्चालन गर्नु हुन्छ र कृषि फार्ममा पनि सञ्चालन गर्नुहुन्छ । उहाँको स्थाई घर दमक नगरपालिकाको वडा नं १० मा पर्छ ।

दमक ९ मा रहेको पाणिनी माद्यमिक विद्यालयबाट एसएलसि परिक्षा दिएर उहाँ उच्च शिक्षा पढ्न धरान र बिराटनग जानु भयो । त्यसपछिका पढाई उहाँले काठमाडौमै बसेर पुरा गर्नु भयो । काठमाडौमा बसेर पनि उहाँ आफ्नो ठाउँको विकास र समृद्धिका बारेमा सँधै चिन्तित हुनु हुन्थ्यो ।

समग्र देशको राजनिति र त्यसलाई सञ्चालन गर्ने नेताहरुको व्यवहार र निणर्यका कारण उहाँ यो पटक स्वतन्त्र रुपमा चुनाव लड्दै हुनुहुन्छ ।
झापाको क्षेत्र नं ५ बाट उहाँ यो पटकको संघिय चुनावमा होमिने निणर्य नै गरिसक्नु भएको छ । उहाँले त्यसकालागि आफ्नो घर दैलो अभियान सुरु गरिसक्नु भएको छ । उत्तरमा दमकको चुरेक्षेत्र हुँदै दक्षिणमा भारतको सिमाना पर्ने गौरिगन्जको फत्तेपुर सम्म आफ्ना एजेण्डा लिएर हिडिरहनु भएको छ ।

उहाँले नितिगत रुपमा हुने भ्रष्टचारको अन्त्य गर्ने गरिको निति बनाउन आफुले भूमिका खेल्ने बताउनु भएको छ भने स्थानीय स्तरका आवश्यकतालाई पुरा गर्न पनि नितिगत निणर्य गरेर अघी बढ्ने योजना रहेको सुनाउनु भयो ।

शनिबार उज्यालो खवरसँग कुराकानी गर्दै उहाँले झापाको क्षेत्र नं ५ को पहिलो देखी अहिले सम्मकै एउटै तर जटिल पीडाको बारेमा सम्बोधन गर्नकालागि आफु उम्मेदवार बनेको बताउनु हुन्छ । रतुवा र मावा नदिमा १० वर्षे योजना बनाएर स्थाई तटबन्ध निर्माण गरि आम नागरिकको घर र जमिन जोगाउने पहिलो काम गर्ने उहाँले बताउनु भयो ।

घर र जमिनको सुरक्षा गर्न सके मात्रै अन्य क्षेत्रको विकास गर्न सहज हुने विस्वास उहाँको छ । त्यसपछि उहाँले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने योजना पनि अघी सार्नु भएको छ । यहाँ फलेको धान सरकारले नै उपयूक्त मुल्यमा खरिद गरि किसानलाई उत्पादनमा प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आफुले निति बनाउने बताउनु भयो ।

 

यसो भएमा अहिले किसानले ६ सय ५० रुपैँया प्रति मन बेचिरहेको धानलाई सरकारले १ हजार रुपैँया सम्ममा खरिद गर्ने गरिको काम गर्न सकिने र यसबाट धान र चामलमा हुँर्दै आएको सेण्डिकेट समेतको अन्त्य गर्न आफु लागी पर्ने बताउनु भयो ।

 

पुराना नेताहरुले आशा मात्रै देखाउने तर काम नगर्ने प्रवृति बढेका कारण आम जनताले यसको विकल्प खोजीरहेको बताउने सिटौला आफु मु्ल राजनितीको विकल्प भएको दावि गर्नु हुन्छ । विषेश गरेर यूवा पुस्ताले परिवर्तन चाहेको र यूवा पुस्ताले नै राज्य सञ्चालन गर्नु पर्ने बेला आएको सुझाव आफुलाई प्राप्त भइरहेको उहाँले बताउनु भयो ।

झापा क्षेत्र नं ५ नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । २०६४ साल बाहेक अन्य हरेक निर्वाचनमा ओलीले यो क्षेत्रबाट चुनाव जीतिरहनु भएको छ ।

सिटौलासँग उहाँको उम्मेदवारीका बारेमा गरिएको कुराकानीको भिडियो हेरौ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा