महिलाको मर्म बुझ्ने नेतृत्व आवश्यक

अनेम सघं झापा सम्मेलन : दमककी लीलाको नेतृत्व गर्ने आकक्षा, संसदीय निर्वाचनमा महिलाको उम्मेदवारी बढाउने लक्ष (भिडियो कुराकानी)

दमक/
लीला ढुङ्गेल दाहाल । पछिल्लो झापामा बामबन्थी महिला नेतृत्वमा गुञ्जिरहने नाम हो । पूरुषको परनिर्भता बाट महिलाहरु बाहिर निस्कनु पर्छ भन्ने सोचलाई स्थापीत गराउन उहाँले आफैबाट सुरुवात गर्नु भयो । महिलाले घरको चुलो चौको मात्रै धान्नु पर्छ भन्ने पीत्रिसतात्मक सोच गलत हो भन्ने कुराको उदाहरण आफै बनेर त्यसलाई पुष्टि गराउनु भयो ।

सामाजीक , आर्थिक, राजनैतिक तथा अन्य हरेक क्षेत्रमा महिलाहरुको सहभागीता प्रतिनिधित्व र बिम्वकालागि मात्रै हैन त्यसको सार्थकताका लागि हुनु पर्छ भन्ने कुरालाई अहिले उहाँ स्थापीत गराइरहनु भएको छ ।

महिलाहरुको नेतृत्व विकास गराउने काममा अग्रसर भएर लागी रहनु भएकी लीला आसन्न अखिल नेपाल महिला सघं झापाको नवौ अधिबेसनमा जिल्लाकै नेतृत्व गर्न आफु तयार रहेको बताउनु भएको छ ।

उज्यालो खवरसँगको कुराकानीका क्रममा लीलाले महिलाको क्षेत्रमा आफुले शशक्त रुपमा काम गरेको र त्यसले परिणाम समेत दिएकोले यसलाई थप प्रभावकारी बनाउन पनि झापामा अनेम सघंको नेतृत्व यो पटक चाहि आफुलाई नै चाहिने दावी गर्नु भयो ।

भदौ ४ र ५ गते बिर्तामोडमा हुने जिल्ला सम्मेलनले यो पटक नेतृत्व पनि परिवर्तन गर्दै छ । त्यसैले यो सम्मेलनबाट सके सम्म सर्व सम्मत नभए निर्वाचनमै गएर भए पनि सके सम्म आफुले नेतृत्व लिने चाहना राखेको उहाँले बताउनु भयो ।

यदी आफुले अनेमसघंमा नेतृत्व गर्न पाएमा सरकारका विभिन्न तहका निर्वाचनमा महिलाहरुको संख्या बढाउन आफुले भूमिका निर्वाह गर्ने बताउनु भयो ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा पनि महिलाहरुलाई प्रत्यक्ष रुपमा उम्मेदवार बनाउनु पर्छ भनेर अहिले पनि आफुले पार्टिमा लडाई गरिरहेको उहाँको भनाई छ ।

झापामा प्रतिनिधिसभाका लागि पाँचवटा निर्वाचन क्षेत्र छन् भने प्रदेशसभाकालागि १० वटा छन् । यी मध्येबाट प्रतिनिधीमा न्यूनतम पनि एउटा क्षेत्र र प्रदेशमा न्यूनतम पनि तीन क्षेत्रमा महिलालाई उम्मेदवार बनाउनु पर्ने माग आफुले पार्टिमा अघी सारको उल्लेख गर्नु भयो ।

प्रस्तुत छ लीलासँग उज्यालो खवरले गरेको संक्षीप्त कुराकानीको भिडियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा