जनसेवक सावा

झापा क्षेत्र नं ४ : चुनावपछि पनि घर -घर पुग्ने सावा भन्नु हुन्छ ‘म जनताको सेवक हु जनतासगै बसेर काम गर्छु ।’

दमक/

झापाको कनकाई नगरपालिकाको वडा नं १ देखि ७ सम्म, झापा गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका वडा नं १, २ र गौरादह नगरपालिकाको ९ नम्बर वडालाई समेटेर क्षेत्र नम्बर ४ निर्धारण गरिएको छ ।

२०७४ सालको प्रतिनिधि सभाको चुनावमा यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार रहनु भएका लाल बहादुर सावा अर्थात एलपि निर्वाचित हुनु भएको थियो । उहाँले ४३ हजार ४१५ मत प्राप्त गरी बिजयी हुनु भएको थियो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेसका उम्मेदवार देउकुमार थेवेले २६ हजार ८२२ मत प्राप्त गर्नु भएको थियो । १६ हजार ५ सय ९३ को भारी मतान्तरले बिजयी हुनु भएका सावाले यस क्षेत्रको विकास र समृद्धिमा पनि उल्लेख्य काम गर्नु भएको छ ।

खासमा प्रतिनिधि सभा सदस्यको काम सरकारको निर्माण गर्ने, कानून बनाउने, संसदीय अनुगमन गर्ने , वजेट पारित गर्ने तथा संसदीय सुनुवाई गर्ने हुन । यद्यपी यसका बावजुत पनि सावाले आफ्ना क्षेत्रका नागरिकको आवश्यकता र समस्यालाई पहिचान गरेर त्यसको अल्पकालीन र दिर्घकालीन रुपमा समाधान हुने गरिका कामहरु गराउनु भएको छ ।

मुख्य गरेर यो क्षेत्र बढीमात्रामा बाढि तथा डुबानको समस्या छ । यहाँ रहेका मुख्य नदिहरु कमल, कन्काई र बिरिङले यस क्षेत्रका नागरिकलाई हरेक वर्ष हैरानी दिने गर्दछ । यसको अल्पकालीन र दीर्घकालीन समाधानकालागि सावाले नदि तटबन्ध निर्माणकालागि नितिगत रुपमै पहल गरेर जनताको तटबन्ध कार्यालय मार्फत स्थाई तटबन्ध निर्माणको काम गराइरहेको बताउनु हुन्छ ।

उज्यालो खवरसँगको कुराकानी गर्दै सावा भन्नु हुन्छ ‘ अहिले कमल, कन्काई र बिरिङमा स्थाई र अस्थाई दुवै प्रकृतिका काम निरन्तर भइरहेका छन् । नदि नियन्त्रणको काम तत्कालै नसकिने रहेछ यसलाई हरेक वर्षको योजनामा राखेर काम गराउनु पर्ने रहेछ म यो काम आफु निर्वाचित भएदेखि निरन्तर गराइरहेको छु । ’

दुधेबाट शिवगञ्ज जाने सडक पूणर् रुपमा कालोपत्रे गरिएको छ । जुन सडकले यस क्षेत्रको दक्षिणमा उत्पादन भएका कृषि सामाग्रीलाई शहरका बजार सम्म ल्याउन किसानलाई सहज बनाएको छ । किसानको उत्पादनलाई मुल्यमा परिणत गराउन आवश्यक पर्ने बिभिन्न नितिगत काम गर्न आफु लागी रहेको उहाँको भनाई छ ।

पूर्वाधारको क्षेत्रमा मुख्य गरि यस क्षेत्रमा पर्ने हुलाकी राजमार्ग र यहाँ बन्ने भनिएका पुलालाई पूणर्ता दिन आफु निरन्तर लागि रहेको र यसले परिणाम पनि दिइरहेको सावाले जानकारी दिनुभयो ।

शिक्षामा पनि यो क्षेत्रमा राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम मार्फत यहाँका विद्यालयको स्तर उन्नती गराउने काम आफ्नै पहलमा भएको बताउँदै सावा भन्नु हुन्छ ‘ विद्यालयमा नयाँ भवन बनाइएको छ । भवनलाई पूःन निर्माण गराइएको छ । कक्षा कोठाहरु सुधारिएको छ । शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यार्थीको विद्याललय आवागमनलाई सहज बनाउन विद्यालय बसको व्यवस्थापन गरिएको छ । ’

अस्पताल नै नभएको यो क्षेत्रमा तीन ठाउँ अस्पताल निर्माण पनि गराइरहेको उहाँले बताउनु भयो । ‘आफुले बनाउने बजेटले यहाँ योजना पार्ने आफ्नो अधिकार नभएपनि नितिगत रुपमा समग्र बिकास गराउने सिलसिलामा शिवसताक्षी र कन्काई नगरपालिकामा १५-१५ शैयाको अस्पताल धमाधम बनीरहेको छ । ’ सावाले भन्नु भयो ।

झापा ४ लाई एक बहुधार्मिक पर्यटकिय स्थल बनाउने कामलाई पनि आफुले नितिगत रुपमा अघी बढाउने काम गरिरहेको उहाँले बताउनु भयो । यस क्षेत्रको समग्र विकास र समृद्धिमा जनतासँगै बसेर जनताकै राय र सुझावाका आधारमा आफुले काम गरिरहेको र नितिगत तहमा आफु त्यसलाई पूणर्ता दिन दत्त चित्त भएर लागेको सावाको भनाई छ ।

आगामी निर्वाचनमा तपाई फेरि उम्मेदवार बन्ने हो भन्ने उज्यालोको प्रश्नमा सावा भन्नु हुन्छ ‘ पार्टिले मलाई बिस्वास गर्यो , यसले आफ्नो फिल्ड राम्रो बनाएको छ भन्ने ठान्यो र टिकट दियो भने पछि पर्दिन तर पार्टिले अर्कोलाई अवसर दिनु भन्ने निणर्य गर्यो भने पार्टिले उठाएको उम्मेदवारलाई जीताउन म खट्ने छु ।’

प्रस्तुत छ सावासँग उज्यालोले गरेको संक्षीप्त कुराकानीको भिडियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा